ग्यास सिलिण्डर पड्किएर ११ घाइते, एक घर भत्कियो, छेउका घरमा पनि क्षति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

ग्यास सिलिण्डर पड्किएर ११ घाइते, एक घर भत्कियो, छेउका घरमा पनि क्षति


नयाँ विकल्प,
काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं १६ को नयाँबजारस्थित फलफुल चौकमा रहेको एक घरमा चारवटा ग्यास सिलिन्डर पड्किँदा एउटा घर भत्कनुका साथै ११ जना घाइते भएका छन् ।

निलकुमारी क्षेत्रीको घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा एकै पटक चार सिलिण्डर बिहीबार दिउँसो पड्किदा क्षेत्रीको घरको चारै तलाका वाल र कोठा भत्किएका छन् भने छिमेकीको घर र आँगनमा राखिएको सवारी साधनमा समेत क्षति पुगेको छ ।

घाइतेहरुको ठमेलस्थित मनमोहन मेमोरियल अस्पताल र नयाँ बजारको पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । भुइँ तलाको भर्याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्काे सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।

क्षतिको विस्तृत विवरण आउन वाँकी रहेको महनगरिय प्रहरी परिषरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक श्याम ज्ञवलीले बताए ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ आश्विन २९, १५: ५९

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ आश्विन २९, १५: ५९

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ आश्विन २९, १५: ५९

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...