
नयाँ विकल्प,
काठमाडौं – बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि निर्घात कुटपीट भएको घटनाप्रति नेपाल विद्यार्थी संघले निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
नेपाल विद्यार्थी संघका महासचिव बलदेव तिमल्सिनाले कांग्रेस बैतडीका सचिव र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य बिष्टमाथि ढुङ्गा प्रहार भएको र ढुंगाले टाउकोमा लाग्दा सख्त घाइते भइ हाल उपचार गराई रहेको बताएका छन् ।
गाउँपालिकाको केन्द्र सार्ने बिषयमा बुधबार दिनभरी छलफल भएको बिषयलाई बिनाकारण उचाल्ने र हुल हुज्जतसहित नियोजित आक्रमण गरिनु अत्यन्तै निन्दनीय घटना भएको जनाउँदै महासचिव तिमल्सिनाले घटनाका दोषीलाई हदैसम्म कार्बाहीको माग गरेका हुन् ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...