सशस्त्र र नेपाल प्रहरीले कोरोनाको महामारीमा सात हजारबढी सिपाही मागे – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सशस्त्र र नेपाल प्रहरीले कोरोनाको महामारीमा सात हजारबढी सिपाही मागे

नयाँ बिकल्प,
काठमाडौं – मुलुकमा कोरोना महामारीका कारण दैनिक दर्जन बढीको मृत्यु र तीन हजारबढी संक्रमित थपिँदै गइरहेको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सात हजार बढी जवान पदको लागि जागिर खुलाएको छ ।

सशस्त्र प्रहरीले सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ती गर्न १८३३ जना र नेपाल प्रहरीले खुल्ला प्रतियोगिताबाट पदपूर्ती गर्न पाँच हजार दुई सय २७ जनाको लागि आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरीले साधारण समूहको साधारण उपसमूहतर्फ ७४ जिल्लाका ७५ स्थानमा दरखास्त हाल्न पाउने जनाएको छ । इच्छुकले दरखास्त फारम असोज २५ देखि कात्तिक २३ गते भित्र बुझाईसक्नु पर्नेछ ।

त्यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी कात्तिक २३ गते भित्र ललितपुर, भक्तपुर र चितवनवाहेक सशस्त्र प्रहरी बलका बाहिनी, शिक्षालय, गण, गुल्म र आश्रित गुल्म रहेका ७४ जिल्लाबाट दरखास्त फारम भर्न पाउने भएका छन् ।

सशस्त्रको जवानको लागि खुल्लालाई ९८८, महिलालाई १६५, आदिवासी–जनजातिलाई २६४, मधेशीलाई २३१, दलितलाई १२४, पिछडिएको क्षेत्रलाई ४१ र अमर–अशक्त सशस्त्रका सन्ततीलाई २० वटा सिट सुरक्षीत गरेको छ ।

यस्तै, नेपाल प्रहरीले शुक्रबार प्रहरी दिवसकै अवसर पारेर ५२२७ जना प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको छ । नेपाल प्रहरीले योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म दरखास्त दिन आव्हान गरेको छ ।

नेपाल प्रहरीले ७ वटा प्रदेश प्रहरी तालिम केन्द्र, ७४ वटा जिल्ला प्रहरी कार्यालय र तीन वटा महानगरिय प्रहरी परिसरमा दरखास्त बुझाउन आव्हान गरेको छ ।

नेपाल प्रहरीले जवानको लागि परिक्षा भने प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, सिन्धुलीको दुधौली, पोखरा, बुटबल, नेपालगञ्ज, दिपायल र महानगरिय प्रहरी शिक्षालय महाराजगंजमा हुनेछ ।

नेपाल प्रहरीले खुलामा २८१७, महिलामा ४६१ , आदिवासी–जनजातिमा ७३७, मधेशीमा ६४६, दलितमा ३४५, पिछडिएको क्षेत्रमा ११६ र अमर–अशक्त सशस्त्रका सन्ततीलाई १०५ वटा सीट सुरक्षित गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनले दरखास्त दिन एक सय ५० रुपैयाँ दस्तुर बुझाउनु पर्ने जनाएको छ ।

कोरोना महामारीको समयमा भौतिक दूरी कायम गरी आफ्ना दैनिकी चलाउन आव्हान गर्ने प्रहरी संगठनहरुले सात हजार बढी युवालाई रोजगारीको अवसर खुल्ला गरिरहँदा दरखास्त दिने भिँड र परीक्षामा सामेत हुने भिँडलाई कसरी व्यवस्थापन गर्ला त्यो भने हेर्न वाँकी छ ।

दुवै संगठन प्रतियोगीहरुको लिखित व्यवहारिक परीक्षा लिने जनाइ सकेको छ । भौतिक रुपमा उपस्थित भएर प्रतिष्पर्धा गर्नेहरुको भिँडले कोरोनाको महामारी नियन्त्रणमा सहयोग गर्न नसक्ने जनस्वास्थ्य विज्ञहरुको बुझाई छ ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन ३०, १५: २२

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन ३०, १५: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ आश्विन ३०, १५: २२

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...