
नयाँ विकल्प
काठमाडौं – दशै सूरु हुन लगतै मन्त्री, सांसद, लगायत उच्च अधिकारीको फोन बजेपछि व्यापारीको भागाभाग हुन्छ । कतिपयले मोवाईलको स्वीच अफ गर्छन र अर्धभूमिगत हुन्छन् ।
तर यसमा एउटा जिल्लामा बिगत केही बर्षदेखि अचम्मको घटना हुने गरेको छ– त्यो हो ओखलढुंगा जेलमा ।
ओखलुढुंगा जेलका बन्दीहरु दशैको घटस्थापान सूरु हुन साथ जेलको ढोकाबाट आँखा बाहिर ओछ्याएर बस्छन् । ती आँखाले खोज्ने व्यक्ति हुन वर्तमान संसाद यज्ञराज सुनुवार ।
किन कि उनले प्रत्येक बर्ष जेलका बन्दीहरुलाई दशँै मनाउन खसी दिने गरेका छन् । सुनुवारले यो पटक पनि बन्दीहरुका लागि दशै मनाउन शनिबार खसी प्रदान गरे । तर यो पटक कार्यक्रम अलि फरक थियो । खसीको ढाडमा बोतल सेनिटाईजर समेत राखिएको थियो ।
बन्दी हरुलाई, खसी, सेनिटाईजर र मास्क समेत प्रदान गरेका थिए । शनिबारको सो हस्तान्तरण कार्यक्रम, सिद्दिचरण नगर प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...