नेकपा सत्ताको छिनाझम्टी र लुछाचुँडीमा व्यस्त रहेकाे महामन्त्री खड्काकाे आरोप – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

नेकपा सत्ताको छिनाझम्टी र लुछाचुँडीमा व्यस्त रहेकाे महामन्त्री खड्काकाे आरोप


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ दल नेकपा कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन थालेपछि विगत सात महिनादेखि सत्ताको लुछाचुँडी र छिनाझम्टीमा व्यस्त रहेको बताएका छन् ।

महामन्त्री खड्काले आइतबार सामाजिक सञ्जाल फेसवुकमा आफ्नो आधिकारिक धारणा राख्दै विपत्तिको कहरमा सरकार कुम्भकर्णको जस्तै निन्द्रामा भएर पनि आन्तरिक धन्दामा व्यस्त रहेको दाबी गरेका छन् ।

‘सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ । न जनताको चिन्ता छ, नत देशको नै’ महामन्त्री खड्काले लेखेका छन्, ‘सत्ताधारी पार्टी ७ महिनादेखि सत्ताको आन्तिरिक छिनाझम्टी र लुछाचुँडीमा व्यस्त छ ।’

कोभिड १९ को संक्रमणको महामारीले सिंगो देश अक्रान्त बनेको अवस्थामा समेत सकारमा जिम्मेवारीपन नरहेको दाबी गर्दै खड्काले प्रश्न गरेका छन –‘ यो विपत्तिको कहरमा जनताको लागि खोइ प्रधानमन्त्री ? खोइ सरकार ? खोइ राहत प्याकेज ?’

सरकारमा कुनै जिम्मेवारी बोध नभएको र जनतालाई कुनै भरोसाको सन्देश दिन नसकी अकर्मण्यता प्रस्तुत गर्नु र मौनता देखाउनु दुर्भाग्यपूर्ण भएको खड्काले धारणा राखेका छन् ।

खड्काले कोरोना महामारीबाट आफू बाँच्न र अरुलाई पनि बचाउँदै सक्दो सहयोग गर्न आव्हान समेत गरेका छन् ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २, १५: ३८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २, १५: ३८

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २, १५: ३८

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...