अब देउवाबाट पार्टी चल्दैन, नयाँ अनुहार चाहिन्छः पूर्वमहामन्त्री सिंह – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

अब देउवाबाट पार्टी चल्दैन, नयाँ अनुहार चाहिन्छः पूर्वमहामन्त्री सिंह

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने भन्दै पार्टीको आगामी १४औं महाधिवेशनबाट नयाँ अनुहार आउनु पर्ने बताएका छन् ।

नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले वडा दशैंको शुभकामना दिन आयोजित भर्चुअल अन्तरसंवादमा नेता सिंहले सभापति देउवा जस्तो अनुभवीबाट पार्टी नचलेको हुँदा अब नयाँ अनुहार चाहिने भन्दै त्यसको लागि आफू नै सभापतिमा उठ्ने घोषणा गरे ।

‘मुलुकमा भएका हरेक लोकतान्त्रिक आनदोलनमा काठमाडौंका कांग्रेसका कार्यकर्ताले धेरै सक्रियता देखाएका छन् । लोकतन्त्रलाई अप्ठ्यारो पर्दा कांग्रेसमा कसले सबैभन्दा बढी दुख गरेको छ पृष्ठभूमिका आधारमा अब म सभापतिमा किन नउठ्ने?’, नेता सिंहले भने ।

हरेक समुदाय र नागरिकको अधिकारलाई अघि बढाउन कसले सक्छ भनेर महिलाहरु नै लागेमा आफ्नो जीत निश्चित भएको भन्दै सिंहले अब १४औं महाअधिवेशको लागि आफूले सभापतिमा उम्मेद्वार दिने निश्चित गरेको घोषणा गरे ।

काँग्रेसभित्र १४औं महाअधिवेशनको लागि नेताहरुले सभापतिमा उम्मेद्वारी दिने बताइरहँदा आफू पनि लौहपुरुष गणेशमान सिंहको सुपुत्र मात्र नभै काठमाडौं काँग्रेसको संगठन र पार्टीको केन्द्रीय संगठनलाई पनि निकै प्रभावकारी रुपमा हाँकेकोले जित सुनिश्चित भएको दाबी गरे ।

उनले नेपाल विद्यार्थी संघको राजनीति हुँदै काठमाडौं जिल्ला सभापति, केन्द्रको महामन्त्री, उपभिापति हुँदै काँग्रेस सरकारको पालामा उपप्रधानमन्त्री समेतको जिम्मेवारी सम्हाली सकेका सिंहलाई पार्टीका विभिन्न जिल्ला सभापतिहरुको पूर्ण समर्थन रहेकोले सिंह यतिवेला चर्चामा छन् ।

सिंहले पार्टीका नेता तथा कार्यकर्ताले सक्रिय भएर लागेमा अवसर प्राप्त गर्न सकिने भन्दै दुख र अप्ठ्यारो परेका बेला सबै कार्यकर्तासँग सम्बाद र छलफल गरी सहयोग गरेमा अरुले खेल्न नसक्ने स्पस्ट पारे ।

आफू हाल बिहान ९ देखि बेलुकी ५ बजेसम्म भौतिक दूरी कायम गरी माक्सको प्रयोग गरेर कार्यकर्तासँगको भेटघाटमा क्रियाशिल भएको जनाउँदै सिंहले सबै महिला संघका सबै नेताको सक्रिय समर्थन र साथको अपेक्षा गरे ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ कार्तिक २, १७: ४९

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ कार्तिक २, १७: ४९

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ कार्तिक २, १७: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...