भूकम्पले क्षति पुर्याएको रानीपोखरी, मन्दिर र स्कुलको पुनर्निमाण पाँच वर्षमा बल्ल सकियो – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

भूकम्पले क्षति पुर्याएको रानीपोखरी, मन्दिर र स्कुलको पुनर्निमाण पाँच वर्षमा बल्ल सकियो

नयाँ विकल्प,
काठमाडौं – देशको विकास र भौतिक संरचना निर्माणको गति कस्तो छ भन्ने कुरा आज बुधबार भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी उद्घाटन गरिएबाट प्रष्ट हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच बुधबार रानीपोखरीको उद्घाटन गरिन । ५ वर्ष २०७२ साल बैशाख ११ गते आएको महाबिनासकारी भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको माघ २ गते शिलान्यास भएको थियो ।

त्यसबेला शिलान्यास पनि उनै राष्ट्रपति भण्डारीले गरेकी थिइन् । पाँच वर्षअघि राष्ट्रपति भण्डारीले पोखरी र स्कुलको शिलान्यास गर्दा प्रधानमन्त्री केपी शर्मा ओली थिए भने आज उद्घाटन गर्दा पनि उनै ओली समेत सहमागी थिए ।

सरकारले भूकम्पपछिको पुननिर्माणको लागि रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसँगै पश्चिमतर्फ रहेको दरबार हाइस्कुलको पुननिर्माणलाई पहिलो प्राथमिकता दिएको थियो ।

प्राथमिकताप्राप्त आयोजनाको निर्मार्ण कार्य सम्पन्न हुन त पाँच बर्ष लाग्यो भने अन्य संरचना निर्माणको कस्तो होला भन्ने स्वतै अनुमान लगाउन सकिन्छ ।

आज राष्ट्रपति भण्डारीले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिरको पुरानै स्वरुपमा तयार भएपछि उद्घाटन गरिन् ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण हुने आशा व्यक्त गरिन ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको स्वरुप भने विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको थियो । करिव एक वर्षअघि नै निर्माण कार्यसम्पन्न भएको दरबार हाइस्कुल भने सरकारलाई चिनियाँ सरकारले हस्तान्तरणमा ढिलाइ गरेपछि प्रयोगबिहिन बनाइएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ कार्तिक ५, १५: ४९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ कार्तिक ५, १५: ४९

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ कार्तिक ५, १५: ४९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...