
नयाँ विकल्प,
काठमाडौं – कागजको मुद्रा, पासपोर्ट, हुलाक टिकट लगायतका सामग्री नेपालमै छपाई गर्ने उदेश्यले सरकारले सेक्युरिटी प्रेस खरिद गर्ने योजना कार्यान्वयनमा नल्याइ पुनः दुई अर्ब ४८ करोड रुपैयाँ खर्चेर फ्रान्सेली कम्पनीलाई छपाइको जिम्मेवारी दिने भएको छ ।
परराष्ट्र मन्त्रालयको राहदानी विभागले आव्हान गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम कबोलेको फ्रान्सेली कम्पनी आइडीइएमआइए (आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएस) लाई २० लाख प्रति ई पासपोर्ट छपाएको ठेक्का दिने भएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमै पासपोर्ट, मुद्रा लगायतका महत्वपूर्ण सामग्रीको छपाई नेपालमै गर्ने गरी सेक्युरिटी प्रेस खरिद गर्ने महत्वकांक्षी योजना अघि सार्दै आएको थियो ।
तर, सेक्युरिटी प्रेस खरिदमा तत्कालिन सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो टेप सार्वजनिक भएसपछि बाँस्कोटाको मन्त्री पद उडेसँगै सेक्युरिटी प्रेस खरिद प्रक्रिया नैं अवरुद्ध भएको थियो ।
राहदानी विभागले टेण्डर प्रकृयामा भाग लिएका ७ वटा विदेशी कम्पनीमध्ये फ्रान्सेली कम्पनीले सबैभन्दा कम रकममा ठेक्का कबोलेको जनाएको छ । फ्रान्सेली सो कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर अर्थात २ अर्ब ४८ करोड रुपैयाँमा ई–पासपोर्ट छाप्ने कबोल गरेको छ ।
एक वर्षभित्र ई–पासपोर्ट छपाईका लागि विभागले गरेको यो तेश्रो टेण्डरमा बल्ल ठेक्का लागेको हो । यसअघिका दुबै टेण्डरमा कागजात नपुगेको र सार्वजनिक खरिद ऐन अनुरुप प्रकृया नमिलेको भन्दै दुबै टेण्डर रद्द गरिएको थियो ।
विभागसँग अब ५ लाख थान एमआरपी पार्सपोर्ट मात्र छ । यसले ८ महिनाको माग मात्र धान्ने भएकाले जतिसक्दो चाँडो पासपोर्ट छपाईको काम थाल्नुपर्ने बाध्यता छ । ठेक्का पाएको कम्पनीलाई ७ दिनभित्र सम्झौताका लागि सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...