भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल राष्ट्रपति र प्रधामन्त्रीलाई भेटेर फर्किए – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल राष्ट्रपति र प्रधामन्त्रीलाई भेटेर फर्किए


नयाँ विकल्प,
काठमाडौं – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयल नेपालको अनौपचारिक भ्रमणको क्रममा बुधबार राति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी फर्किइसकेका छन् ।

इन्डियन एयरफोर्सको जहाजमा बुधबार दिउँसो आएका ‘रअ’ का प्रमुख नेपालमा २१ घण्टा बसेर फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयलाई नेपाल आएका रअका प्रमुख गोयल बुधबार नेपाल आएको कुनै जानकारी नभएको बताइएको छ । गएराति नै नयाँ दिल्ली फर्कने योजना थियो । तर, नपालको राजनीतिक भेटघाटले गर्दा उनको नेपाल बसाई लम्बिएको दुतावास स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको विषयले अहिले चर्चामा आएको छ । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका थिए । बैठक सकिएपछि प्रधानमन्त्री ओलीले गोयलसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुरक्षापरिषद्को अध्यक्षको हैसियतले बुधबार नै बैठक बोलाएका प्रधानमन्त्री ओलीले लगत्तै किन भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटे भनेर नेपालको राजनीतिमा निकै हल्ला खल्ला मच्चिएको छ ।

सुरक्षा परिषदको बुधबारको बैठकमा परिषद सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवली र प्रधनसेनापति पूर्णचन्द्र थापा उपस्थिति थिए ।

बैठक लगत्तै गोयलले प्रधानमन्त्री ओलीका साथै उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेको बताइएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गोयलसँग भेट नगरेको बताइसकेका छन् । गोयल बिहीबार बिहान सवा १० बजे दिल्ली फर्किइसकेका छन् । बुधबार दिउँसो पौने १ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानमा नै उनी रहेको दावी गरिएको छ ।

प्रधानमन्त्री ओलीसँग ‘रअ’का प्रमुख गोयलबीच २ घण्टा लामो गोप्य वार्ता भएको छ । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी दिएको छैन् ।

‘रअ’का प्रमुख गोयल र अर्का सहकर्मी अरुण जैनसहित ७ जनाको टोलीलिएर बुधबार काठमाडौं आएका थिए नेपाल भारत सीमा विवादमा भारतले नेपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गर्नुलाई कूटनीतिक र राजनीतिक क्षेत्रमा निकै महत्वपूर्ण घटनाको रुपमा लिइएको छ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक ६, १३: २७

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक ६, १३: २७

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक ६, १३: २७

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...