
नयाँ विकल्प,
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा एक दर्जन बढी विशेषज्ञ, सल्लाहकार र सचिवालयका सदस्यहरु छन् । तिनका भूमिका पनि काम विशेषले फरक छन् । तर, प्रधानमन्त्री जस्तो सरकार प्रमुखको काम कारबाहीमा यति धेरै गम्भीर त्रुटि हुन्छ कि त्यसलाई सच्याएर पनि सन्देश सही जान सक्दैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक २०७७ सालको विजया दशकी (बडा दशैं) को शुभकामना सन्देशमा प्रयोग गरिएको नेपालको निसान छाप पुरानो प्रयोग गरेर संसदले पारित गरेको नेपालको नयाँ नक्सालाई स्थान दिइएको छ ।
अन्य मुलुकमा भए प्रधानमन्त्रीको शुभकामना सन्देश प्रवाहमा गरिएको यो लपरवाही वा त्रुटि क्षम्य नभएर ‘राष्ट्रघात’ को अभियोगमा कुनै न कुनै सजाय हुने थियो । तर, समाजिक सञ्जालमा प्रधानमन्त्रीको शुभकामना सन्देशको त्रुटिलाई सच्याउन उनको सचिवालय समेत तयार देखिँदैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशसहितको सामग्री शुक्रबार बिहान १० बजे फेसवुकमा पोष्ट गरेको पाइन्छ । त्यसमा राखिएको निसानछाप पुरानो प्रयोग गर्नु भनेको दण्डनिय कार्य हो । यसलाई ‘सरकारी कागजात कीर्ते गरेको वा विगारेको’ अभियोग लगाउन पनि मिल्छ ।

राज्यको सेवा सुविधा र भत्ता मात्र होइन, दशैं भत्ता समेत लिएर सपिङमा व्यस्त र मस्त प्रधानमन्त्रीका सल्लाहकारहरुको गम्भिर प्रकृतिको त्रुटिले सारा नेपालीको शीर लाजले निहुरिने मात्र होइन, आक्रोस र आशंका पनि जन्माएको छ ।
बुधबार राति मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा गोप्य गफ गरेका ओलीले शुक्रबार शुभकामना सन्देश प्रवाह गर्दा कतै भारतीय पक्षको आग्रहबाट प्रभावित भएका त होयनन् भनेर आशंका उब्जिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भएका छन् ।
यसअघि भूमिसुधार मन्त्रीकै कार्यालयले प्रयोग गरेको लेटर प्याडमा नेपालको नक्सा पुरानै प्रयोग गरेको घटना सेलाउन नपाउँदै प्रधानमन्त्रीको शुभकामना सन्देशको त्रुटिले अर्को तरङ् ल्याएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति, विदेशी राष्ट्रप्रमुखलाई ट्विटमार्फत पठाइएको शुभकामना, मन्त्रीका विज्ञप्ति, सांसदका विज्ञप्तिहरू र हुँदाहुँदा प्रधानमन्त्रीको विज्ञप्ति त्रुटिपूर्ण हुनुलाई संयोग र लापरवाही मात्र नभएर सुनियोजित षडयन्त्र हो कि भनेर आशंका पनि देखाएको छ ।
प्रधानमन्त्रीको दशैं शुभकामनाप्रति लक्षित गर्दै काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विटमा ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय २एः)ल्भउब ि? गम्भीर विमती दर्ज होस् । देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’
वरिष्ठ पत्रकार कुसुम भट्टराईले फेसवुक मार्फत ‘उग्रराष्ट्रबाद अन्ततः राष्ट्रघातमा गएर पतन भएछ । प्रधानमन्त्री केपीले नेपाली जनताको राष्ट्रबादी भावना र राज्यको अस्मीतामाथि गम्भीर खेलवाड र अपराध गरेका छन् । शुभकामना सन्देशमा नेपालको नक्सामा लिम्पीयाधुरा छैन । खै त्यो चुच्चो ? के नेपालको नक्सा ओलीको खेलौना हो ?’
यस्तो नक्सा प्रधानमन्त्रीको शुभकामना राखिदा नबोल्ने प्रधानमन्त्री कार्यालयका सल्लाहकार र अन्य सबै यो देशद्रोहमा जिम्मेवार रहेको भनी कारबाहीको माग गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...