जनकपुरमा धान खेतमा फालिएका ३०० बढि स्मार्ट लाइसेन्स फेला – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

जनकपुरमा धान खेतमा फालिएका ३०० बढि स्मार्ट लाइसेन्स फेला


नयाँ विकल्प


जनकपुर- प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ ।यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् बुधबार दिउँसो धान काट्न खेतमा पुगेका कृषकले जताततै फ्याकिएकाे अवस्थामा स्मार्ट लाइसेन्स फेला पारेका थिए ।यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामकाले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स फेला परेका स्वीकार गरेकाे छ । ती लाइसेन्स कसले के उदेश्यकालागि फ्याकेकाे हाे भन्नेबारे खुलेकाे छैन् ।


यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच रहेकाे र तिनै दलाल र बिचौलियाहरुले यातायात ब्यावस्था कार्यालयबाट स्मार्ट लाइसेन्स लगेर खेतमा फ्याकेकाे हुनसक्ने आशंका गरिएकाे छ ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०७७ कार्तिक १३, १२: २६

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ कार्तिक १३, १२: २६

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ कार्तिक १३, १२: २६

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...