
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको बारम्वार स्थगित भएको बैठक पुनः कात्तिक २१ गते शुक्रबारको लागि बोलाएका छन् ।
पार्टीको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भनिएको १४ औं महाधिवेशनको सम्वन्धमा छलफल गर्न आगामी हप्ताको लागि केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
सभापति देउवाले गत असोज १९ गतेको लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दुई दिनअघि पदाधिकारीसँगैको अनौपचारिक बैठकमा सहभागी केन्द्रीय कार्यसमिति सदस्य अर्जुननरसिंह केसी र गगनकुमार थापा लगायतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालको लागि स्थगित गरिएको थियो ।
बैठकमा सहभागी हुनको लागि यसअघि सबै पदाधिकारी, केन्द्रीय कार्य समिति सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीको समिति पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र बैठकमा सहभागी गराईने बताइएको थियो ।
तर यस पटकको बैठकमा कोरोना भाइरसको परिक्षण गर्नु पर्ने वा नपर्ने सम्वन्धमा केही पनि जनाइएको छैन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...