नेकपाका ३७ केन्द्रीय नेताले माग गर्दा पनि हत्या आरोपीविरुद्धको जाहेरी लिइनन् एसपी पन्तले – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper
सरकारको संरक्षणमा दण्डहिनताको दुरुह रुप

नेकपाका ३७ केन्द्रीय नेताले माग गर्दा पनि हत्या आरोपीविरुद्धको जाहेरी लिइनन् एसपी पन्तले



नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य मातृकाप्रसाद यादवसहित ३७ केन्द्रीय सदस्यले पर्षा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न माग गर्दा समेत स्थानीय प्रहरीले टेर पुच्छर लगाएको छैन् ।

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हत्यामा संलग्न जो भए पनि कारबाही गर्न माग गरिरहँदा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्षाकी एसपी (प्रहरी उपरिक्षक) गंगा पन्तले जाहेरी समेत लिएकी छैनन् ।

सत्तारुढ नेकपाको पर्षा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाका सचिव समेत रहेका मुकेश चौरसियाको कात्तिक ६ गते गाउँ कमिटीको सपथग्रहण कार्यक्रममा बिबाद हुँदा कुटपिट गरी हत्या भएको थियो ।

पूर्वमाओवादीका नेता चौरसियालाई पूर्वएमालेका जिल्लास्तरिय नेता तथा संविधानसभाका पूर्वसभामसद राजकुमार गुप्तासहितको समूहले कुटपटि गरेको भन्दै उनका भाई महेश चौरसियाले दिएको किटानी जाहेरी प्रहरी कार्यालयले लिन नमानेको हो ।

पर्षा क्षेत्र नं ३ बाट २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका गुप्ताको नाम हटाएर ल्याए मात्र किटानी जाहेरी लिने पर्षा प्रहरीकी एसपी गंगा पन्तको अडानका कारण बीरगंजमा दैनिक जसो विरोध प्रदर्शन भइरहेका छन् ।

नेकपाकै स्थायी समिति सदस्य मातृका यादवसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ३७ केन्द्रीय सदस्यले चौरसियाको हत्यारालाई कारबाही माग गर्दै वक्तव्य निकालेका छन् । तर, पूर्वएमाले तथा ओली पक्षका कुनै सदस्यको नाम भने वक्तव्यमा उल्लेख छैन् ।

घटनालाई सुनियोजित र जाहेरी दर्ता नहुनुलाई कानुनी शासनको खिल्ली उडाइएको भनी आरोप लगाइएको छ ।

हत्या जस्तो गम्भीर घटनालाई पनि प्रहरीले उजुरीसमेत नलिएको भन्दै सत्तारुढ नेकपाका अध्यक्ष दाहालले आपत्ति जनाएका छन् । उनले भनेका छन् ‘हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय हो ।’

दाहालले केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरेका छन् । दाहालले चौरसियाको हत्या जस्तो अपराधमा स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको जनाएका छन् ।

हत्या गरिएका पीडित परिवारका सदस्यको जाहेरी समेत जिल्ला प्रहरी कार्यालय पर्षाले अहिलेसम्म दर्ता गर्नुबाट प्रहरीले कानुनी राज्यको खिल्ली उडाइएको नेकपा ३७ नेताको आरोप छ ।

यसरी हत्याका अभियुक्तलाई तत्काल पक्राउ गरी कारबाही गर्न, मृतकलाई शहिद घोषणा गर्न, घाइतेको निःशुल्क उपचार गर्न, किटानी जाहेरी नलिने जिल्ला प्रहरी प्रमुख गंगा पन्तलाई कारबाही गर्न ति नेताहरुले माग गरेका छन् ।

यसरी दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेहरुमा स्थायी समिति सदस्य मातृका यादवसहित प्रदेश सह–इन्चार्ज विश्वनाथ शाह, नागेन्द्र चौधरी र महेन्द्र पासवान छन् ।

केन्द्रीय सदस्यहरु रामचन्द्र झा, शत्रुधनप्रसाद महतो, योगकुमार बरबरिया, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह, अजयशंकर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साह लगायत छन् ।

प्रहरीले घटना भएको दिन मौखिक उजुरीको आधारमा हत्यामा संलग्न भएको भन्दै पूर्वसभासद राजकुमार गुप्ताको घरमा लुकेर बसेका आठ जनालाई गिरफ्तार गरेको थियो । पछि उनीहरुलाई पनि छाडिएको थियो ।

एसपी गंगा पन्तलाई पीडितको जाहेरी लिन नेकपाका अध्यक्ष दाहाल, गृहमन्त्री रामबहादुर थापा लगायतले आग्रह र आदेश दिए पनि एसपी पन्तले भने घटनामा संलग्न नभएका मानिसको नाम हटाएर निवेदन दिए मात्र लिने नत्र उजुरी नलिने अडान लिएकी छन् ।

बीरगंजको घटनालाई सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनले सत्तारुढ दल वाहिरका नागरिक र सर्वसाधरणमाथि झन हत्या जस्ता जघन्य अपराधका घटना र दोषीलाई लुकाउन र बचाउन कतिसम्मको हर्कत गर्दो रहेछ भन्ने दण्डहिनता र विभेदकारी शासन प्रणालीको दुरुह र असली रुपमा देखाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ कार्तिक १३, १४: ५७

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ कार्तिक १३, १४: ५७

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ कार्तिक १३, १४: ५७

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...