सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

            

काठमाडौं-  कैलाली, दाङ, बारा, र दार्चुलाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह बिष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।

 दाङकाे लमही नगरपालिका-१ नर्तिस्थित सडकमा बुधबार दिउँसो भे.१० प १५४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ दोलही बस्ने ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पताल हुँदै मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराकाे बारागढि गाउँपालिका-५ सिंहासनी चोकस्थित सडकमा ना.४७ प १९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटनामा हुँदा रौटहट फतुवा बिजयपुर नगरपालिका-११ भैँसाही बस्ने २३ वर्षीय धर्वेन्द्र चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै दार्चुलाकाे अपिहिमाल गाउँपालिका-५ घोडेभित्तास्थित सडकमा लु.४ त २६३६ नम्बरको ट्याक्टरले च्यापेर ट्याक्टर चालक दाङ लमही नगरपालिका बनगाई बस्ने ३२ वर्षीय प्रेम थापाको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । अपिहिमाल

गाउँपालिका-५ मकरीगाड हाईड्रोपावरको लागि सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर ट्याक्टरबाट झरेका उनलाई एक्कासी ट्याक्टर आगाडि बढी च्याप्दा मृत्यु भएको हो ।दुर्घटनाका साम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
  • २०७७ कार्तिक १३, १६: ४८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...

केन्द्रीय कमिटीमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
केन्द्रीय कमिटीमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
  • २०७७ कार्तिक १३, १६: ४८

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजबाट सुरु भएको...

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७७ कार्तिक १३, १६: ४८

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...