
नयाँ विकल्प
काठमाडाैं- जिल्ला प्रहरी कार्यालय सुनसरीले १ थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित २३ वर्षीय टुम नारायण यादवलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले यादवलाई भोक्राहा नरसिंह गाँउपालिका-७ बाठ बुधबार प्रहरीले पक्राउ गरेको जनाएकाे छ । पक्राउ परेका यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाले कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई १ थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान गोली र नियन्त्रित लागूऔषध ६ थान नाईट्रोभेट ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स.७ प२५५३ नम्बरको मोटरसाइकल र उक्त सामान सहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...