विज्ञान प्रविधिमा चीनको पाँच वर्षभित्र अमेरीकी एकाधिकार तोडने लक्ष्य सार्वजनिक – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

विज्ञान प्रविधिमा चीनको पाँच वर्षभित्र अमेरीकी एकाधिकार तोडने लक्ष्य सार्वजनिक

एजेन्सी
वेइजीङ-चीनले विज्ञान प्रविधिमा अमेरीकी एकाधिकार ताेडने लक्ष्यसहितकाे पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

राष्ट्रपति सी जिनपिङ नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् ।

अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरूलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरू बिक्री गर्न रोकिराखेको छ ।

चिनियाँ कम्पनीहरूले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरूको बुझाइ छ । चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ ।

चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका प्रमुख रूपमा रहने गरेको छ । योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ ।

नियमहरूमा संशोधन तथा उद्योगहरूका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा ‘विज्ञान र प्रविधि राष्ट्रिय विकासका लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ’ भनिएको छ ।

विज्ञान र प्रविधिमाथिको सामर्थ्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । तर, यसबारे विस्तृत विवरण दिइएको छैन । चीनले बिहीबार सार्वजनिक वक्तव्यमा ‘हरित र कम कार्बनयुक्त विकास’लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न’ सक्षम तुल्याइने उल्लेख छ ।

विशेषगरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रोसेसर चिप्सहरूका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् । चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन् ।

तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिस्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई मुख्य चुनाैतीका रूपमा स्वीकार गरेका छन् । विशेषगरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रोसेसर चिप्सहरूका लागि अमेरिकासँग निर्भर हुनुपर्ने बाध्यता कायमै रहेकाे बेला चीन सरकारले प्रविधिमा अमेरीकी एकाधिकार ताेडने रणनीति सहितकाे पाँच बर्षे याेजना अगाडि सारेकाे हाे ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक १४, १४: १०

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक १४, १४: १०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक १४, १४: १०

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...