फ्रान्समा आतङ्क मच्चाएको चक्कु प्रहारको त्याे घटना – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

फ्रान्समा आतङ्क मच्चाएको चक्कु प्रहारको त्याे घटना


एजेन्सी -फ्रान्सको दक्षिणी सहर निसस्थित एउटा चर्चमा गरिएको चक्कु प्रहारमा तीन जनाको मृत्यु भयो।प्रहरीले चलाएको गोली लागेका एज सन्दिग्घ आक्रमणकारीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रपति एमानुअल माक्रोँले बिहीवारको उक्त घटनालाई ‘इस्लामिक आतङ्कवादी आक्रमण’ भनेका छन्।घटनापछि चर्च र विद्यालयहरूको सुरक्षाको निम्ति हजारौँ सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् र राष्ट्रिय सुरक्षा सतर्कतालाई उच्च तहमा पुर्‍याइएको छ ।

चर्चमा के भएको थियो ?

फ्रान्सका प्रमुख प्रतिआतङ्कवाद अभियोजनकर्ता जाँ फ्राँस्वा रिकार्टले निगरानी क्यामराले खिचेका दृश्तमा ती सन्दिग्ध व्यक्ति बिहीवार बिहान रेलबाट निस पुगेको र त्यहाँ उसले कपडा फेरेको देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए।

ती व्यक्ति ४०० मिटर हिँडेर नोट्र-डाम चर्च गई स्थानीय समयानुसार बिहान ८:२९ मा भित्र पसेका थिए।त्यहाँ उसले एकजना वृद्धाको टाउको झन्डैझन्डै छुट्ट्याइदिएको र अर्का पुरुषको घाँटीमा प्रहार गरेको बताइएको छ। अर्की महिला चर्चबाट भाग्न सफल भइन् र एउटा मदिरालयनजिक पुगेकी थिइन्। तर घाइते भएकी उनको पनि पछि मृत्यु भयो।पीडितहरू चर्चमा उपस्थित भएकै कारणले निसाना बनाइएको प्रमुख अभियोजनकर्ता रिकार्टको भनाइ छ।उनले भनेअनुसार प्रहरी घटनास्थल पुग्दा ती व्यक्तिले खतरनाक रूपमा प्रस्तुत भए र बारम्बार “अल्लाहु अबर” (ईश्वर महान् छन्) भनेका थिए। प्रहरीले गोली हानेर उनलाई अस्पताल पुर्‍याइएको थियो। प्रहरीले आक्रमणमा प्रयोग भएको र अन्य दुईवटा चक्कु बरामद गरेको छ। त्यस्तै ती सन्दिग्ध व्यक्तिको झोलामा दुईवटा फोन र एउटा कुरान पनि फेला परेको अधिकारीहरूले जनाएका छन्।

पीडित को थिए ?

अधिकारीहरूले कुनै पनि पीडितको नाम खुलाएका छैनन्। तर प्रमुख अभियोजनकर्ताले पहिलो महिलाको उमेर ६० वर्ष भएको बताए। उनको शव चर्चको प्रवेशद्वार नजिकै भेटिएको थियो। फ्रान्सको सञ्चारमाध्यमका अनुसार पुरुष चर्चको हेरचाहको जिम्मेवारीमा रहेका कर्मचारी भएको उल्लेख गरेका छन्। श्रीमती र दुई सन्तान रहेका उनको उमेर ५५ वर्ष थियो। अर्की पीडित महिलाको उमेर ४४ वर्ष भएको बताइएको छ।
आक्रमणकारी को हुन् ?
प्रहरीले अहिलेसम्म ती सन्दिग्ध आक्रमणकारीको नाम पुष्टि गरेको छैन।फ्रान्स र इटलीका सञ्चारमाध्यमले आक्रमणकारीको नाम ब्राहिम आवीसावी भएको बताएका छन्। रिकार्टका अनुसार सन् १९९९ मा जन्मिएका उनी ट्युनिशियाली नागरिक हुन्। उनी सेप्टेम्बर २० मा युरोप पसेको बताइएको छ।

फ्रान्सेली सुरक्षा निकायलाई ती व्यक्तिबारे जानकारी नभएको उनले बताए। ट्युनिशियाका अधिकारीहरूले पनि अनुसन्धान सुरु गरेका छन्। तर न्यायसेवाका एक वरिष्ठ अधिकारीले ती व्यक्ति देशभित्र आतङ्ककारीको सूचीमा नरहेको बताए।

समग्र अवस्था कस्तो छ ?

फ्रान्समा पछिल्ला हप्ता इस्लामिक हिंसा एउटा मुख्य मुद्दा बनेको छ। यो महिनाको सुरुमा प्यारिसबाहिर एकजना शिक्षकको शिरोच्छेदन गरेर हत्या गरिएको थियो। स्यामुअल पटीले अभिव्यक्तिको स्वतन्त्रता पढाउने क्रममा आफ्ना विद्यार्थीलाई विवादित बन्न पुगेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए। उनको मृत्युको शोकमा देशव्यापी रूपमा भिड जम्मा भएपछि उनको हत्याले फ्रान्समा धर्मनिरपेक्षता र अभिव्यक्ति स्वतन्त्रताबारे बहस उत्पन्न भएको छ।

राष्ट्रपति माक्रोँले पटीको मृत्युको बदलामा इस्लामिक अतिवादलाई परास्त गर्ने बताए। कैयौँ मुस्लिम देशहरूमा उनको अभिव्यक्तिका कारण प्रदर्शनहरू भएका छन् र फ्रेन्च सामान बहिष्कारको आह्वान गरिएको छ। बीबीसीबाट

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ कार्तिक १५, ०७: ४१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ कार्तिक १५, ०७: ४१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ कार्तिक १५, ०७: ४१

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...