सरकार विरुद्धको आन्दोलनमा सहभागि हुनेलाई मधेस सरकार गठन पछि ५० लाख दिने मधेशवादी नेताहरुले घोषणा गरेका थिए ।
संविधानप्रति असन्तुष्ट जनाउँदै मधेसवादी दलका नेताहरुले आन्दोलनमा आउनेलाई ५० लाख दिने भनेर हौसाएका थिए । त्यसबेला यसबारेमा चौतर्फी आलोचना भएपछि उनीहरुले तत्काल नभई मधेश सरकार गठन भएपछि मृतकलाई प्रतिव्यक्ति ५० लाख दिने बताएका थिए ।
२०७० सालमा तेस्रो मधेश आन्दोलन शुरु गर्दा तत्कालिन मधेशी मोर्चाले आन्दोलनमा लागेपछि शहादत दिने परिवारलाई पचास–पचास लाख रुपियाँ दिने घोषणा गरेको थियो ।
२०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावको समयमा राष्ट्रिय जनता पार्टीले नेपालले मधेश सरकार गठन हुने बित्तिकै प्रत्येक सहिद परिवारलाई पचास–पचास लाख रुपियाँ दिने प्रतिबद्धता जनाएका थिए । मधेशी नेताहरुको घोषण लगतै शुरु भएको मधेश आन्दोलनमा दर्जनौको ज्यान गएको थियो । चुनावपछि २ नम्बर प्रदेशमा मधेशवादी दलले स्पष्ट बहुमत प्राप्त गरे । र अहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनको सरकार गठन भएको छ ।
सरकार गठन भएपश्चात उनीहरुले विगतका घोषण बारे केही पनि निर्णय गरेनन् । प्रदेश सरकारको पहिलो बैठकले मधेश आन्दोलनमा सहिद भएका परिवारमध्ये एकजनालाई रोजगार दिने निर्णय मात्र गरेको छ । घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ । सरकारमा हुँदा एउटा कुरा र सरकार बाहिर हुँदा अर्काे कुरा गर्दै आएका मेधशी दलहरुको प्रदेश सरकार निर्माणसँगै ५० लाख माग्नेहरुले मधेशमा के गर्लान् त्यो हेर्न बाँकी छ ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...