प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू


नयाँ विकल्प
काठमाडाै-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो।

कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन्। दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुग्ने गरेको थिए। बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग-अलग समयमा खुमलटार पुगेका थिए।

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए। मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि शुक्रबारसम्म प्रचण्ड बालुवाटार नगएको प्रचण्डनिकट स्रोतको दाबी छ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ कार्तिक १५, १३: ४३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ कार्तिक १५, १३: ४३

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ कार्तिक १५, १३: ४३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...