ओली- प्रचण्डबीच भेटवार्ताः सचिवालय बैठक बोलाउन प्रचण्डको माग – Naya Bikalpa
September 21, 2026, Monday      Epaper
नेकपा विवाद फेरी बल्झियाे

ओली- प्रचण्डबीच भेटवार्ताः सचिवालय बैठक बोलाउन प्रचण्डको माग


नयाँ विकल्प,

काठमाडाैं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकाे भेटवार्तामा प्रचण्डले विवाद समाधानकालागि सचिवालय बैठक बाेलाउनओलीसँग माग गरेका छन् ।


प्रधानमन्त्री एवंम् अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो।

कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, भारतीय खुफिया संस्था रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन्। भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् ।

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कणर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् । दुइ शिर्ष नेतावीचकाे विवाद उत्कर्षमा पुगेपछि संवादहिनकाे अवस्था बनेकाे थियाे ।

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए।

सम्बन्धित समाचार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७७ कार्तिक १५, १५: ४७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ कार्तिक १५, १५: ४७

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
  • २०७७ कार्तिक १५, १५: ४७

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...