कोरोनाबाट मृत्यु हुनेकाे संख्या पत्ता लगाउन सरकारद्वारा गुपचुपमै समिति गठन – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
काेराेनाबाट मृत्यु बारे सरकारी आशंका

कोरोनाबाट मृत्यु हुनेकाे संख्या पत्ता लगाउन सरकारद्वारा गुपचुपमै समिति गठन

नयाँ विकल्प,

काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निधन भएकाको यकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख र सिसिएमसीका एक चिकित्सक रहेका छन् । सरकाले गत कात्तिक २ मा समिति गठन गरेकाे भएपनि दुइहप्ता पछि आइतबार मात्र त्यसकाे जानकारी दिएकाे हाे । मन्त्रालयले गठन गरेकाे समितिले समितिले काम थालेको र सत्यतथ्य पत्ता लगाएपछि सार्वजनिक गरिने गौतमले बताए ।

मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा आइतबारसम्म काेराेना संक्रमणबाट नाै सय ६० जनाकाे निधन भएकाे छ । मन्त्रालयले आइतबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्त डा. जागेश्वर गौतमले संक्रमणबाट निधन हुनेको संख्या फरक–फरक आएकाले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको जानकारी दिए । उनले निधन हुनेकाे संख्या कहाँ फरक–फरक आयाे भन्ने बारेमा भने खुलाएनन् ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ कार्तिक १६, १७: २६

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक १६, १७: २६

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ कार्तिक १६, १७: २६

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...