
काठमाडाैं- फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ ।
यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ । सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको बताइएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् । यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
यो आँधी करिब २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । यसले यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको सरकारी अधिकारीहरुले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरो समेत गएको छ ।
यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका बताइएको छ । गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ । केही दिनमात्र पनि यहाँ आएको मोलाभ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो । (सिन्ह्वा)
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...