
काठमाडाैं- काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई वर्षीया छोरी दीपशिखाको आइतबार साँझ मृत्यु भएको हो ।
बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सीतापाइलामा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...