होटल व्यवसाय छाडेर तीतेपाती खेतीमा लाग्दै युवा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

होटल व्यवसाय छाडेर तीतेपाती खेतीमा लाग्दै युवा

नयाँ विकल्प

खाँदबारी-सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित हुनु भएको छ ।

‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती शुरु गर्न थालेको जानकारी दिनुभयोे ।

काठमाडौँस्थित यमासो प्रा.लिमा व्यावसायिक खेतीको तालिम लिनु भएका मिनेषले ‘मिनेष तीतेपाती तथा जडीबुटी उद्योग’ नामक फर्मदर्ता गरी रू १८ हजारकोे बिरुवा लगाउनुभएको थियो । अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया र भल्गरिस जातका तीतेपाती लगाइएको र भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५ हजार तिर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बारीबाटै प्रतिगोटा रू एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने र प्रतिकेजी रू ५० का दरले सुकेको तीतेपाती यमासो कम्पनीमै पठाउने गरेको बताउनुभएका निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती माग गरिरहे पनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिनुभयो ।

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगको उपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ।

उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उहाँले रू ३० हजार र डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिनुभयोे ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ कार्तिक १८, १२: ३०

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ कार्तिक १८, १२: ३०

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ कार्तिक १८, १२: ३०

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...