सिमकोटमा लागू भयाे ट्राफिक नियम – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सिमकोटमा लागू भयाे ट्राफिक नियम

नयाँ विकल्प

सिमिकाेट-उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो ।

लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ ।

सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिक कार्यालय आफ्नो चेकपोष्टको बोर्ड राखेको छ । अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमा आफ्नो चेकपोष्ट राखेको हो ।

सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ । यसले गर्दा दुर्घटनादेखि लिएर मनपरि ढङ्गले यात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ ।

यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरि तवरमा यात्रु चढाउने र ओराल्ने काम गरिरहेका थिए ।

अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले भाडादर यात्रुबाट महँगो लिने गरेका थिए । सिमकोट–खार्पु एक जना व्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेका यात्रुलाई रु २५० लिने गरेका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक १८, १२: ३५

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक १८, १२: ३५

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक १८, १२: ३५

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...