नागमणि दिने भन्दै १ कराेड ९० लाख ठग्ने तीन जना प्रहरीकाे फन्दामा – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

नागमणि दिने भन्दै १ कराेड ९० लाख ठग्ने तीन जना प्रहरीकाे फन्दामा

नयाँ विकल्प

बाँके- नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४ घर भएका ३५ वर्षीय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका-९ घर भएका ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँ सहित नेपालगञ्ज उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले दाङ घोराही उपमहानगरपालिका-१७ बस्ने माधव प्रसाद घिमिरेलाई हामीसँग बहुमुल्य नागमणि छ, उक्त नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सु:खशान्ति, सम्बृद्धि हुन्छ भनि ललाई फकाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ कार्तिक १९, १३: ००

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ कार्तिक १९, १३: ००

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ कार्तिक १९, १३: ००

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...