भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई फिल्ड अस्पतालका उपकरण र भेण्टिलेटर उपहार – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई फिल्ड अस्पतालका उपकरण र भेण्टिलेटर उपहार

नयाँ विकल्प,

काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द (एमएम) नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई आवश्यक पर्ने भेण्टिलेटर र एम्वुलेन्ससहित मेडिकल उपकरण उपहार स्वरुप हस्तान्तरण गरेका छन् ।

जनरल नरवणेले एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए ।

काठमाडौंको टुडिखेलस्थित सैनिकमञ्चमा बिहीबार आयोजित विशेष समारोहमा कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।

यसअघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नरवणे बुधबार काठमाडौं आएका थिए ।

बिहीबार जंगी अड्डामा प्रधानसेनापति थापा र भारतीय समकक्षी नरवणेबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ कार्तिक २०, १५: ३२

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ कार्तिक २०, १५: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ कार्तिक २०, १५: ३२

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...