पुनर्जागरण अभियान की नयाँ गुटको विजारोपण ? – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

पुनर्जागरण अभियान की नयाँ गुटको विजारोपण ?

स्थानीय तह देखि प्रदेश तथा प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा कांग्रेसले नमिठो पराजयको स्वाद चाख्नुप¥यो । पहिलो पार्टी चुनावपछि दोस्रोमा झर्नु परेको पीडा कांग्रेसले भुल्न सकेको छैन । तर यसबारेमा नेतृत्वले ध्यान नदिएको युवा नेताहरुले आरोप लगाउँदै आएका छन् ।

सडकमा सर्वसाधारण जनताको जुत्ता पोलिस गरेर राजनीति शुद्धिकरण अभियानको प्रारम्भ भन्दै चर्चामा आएका युवा नेता समूहले फेरी ५ वर्षभित्र पहिलो पार्टी बनाउने उदेश्यले पुर्नजागरण अभियान शुरु गरेका छन् । नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतले घोषणा गरेको अभियानले तलदेखि माथिसम्मको कांग्रेसलाई जागृत गराउने दाबी गरिएको छ ।

कांग्रेसलाई २००७ सालको जस्तो क्रान्तिकारी तथा २०१५ सालको जस्तो प्रगतिशील र समृद्ध नेपालको नेतृत्व गर्न सक्ने साहस र समर्पणसहितको बनाउने प्रतिवद्धता नेताहरुले जनाएका छन् । अभियान अन्तर्गत पहिलो चरणमा सबै प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी सिद्धान्त र कांग्रेसले लिनुपर्ने नीतिको विषयमा छलफल गरी दस्तावेज तयार पार्ने र उक्त दस्तावेजलाई पार्टीको महासमिति बैठक र महाधिवेशनमा प्रस्तुत गर्ने उनीहरुले बताएका छन् ।

‘तात्कालिक रुपमा यो पुनर्जागरण अभयिानले महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउनेछ’ पुनर्जागरण अभियानको अवधारणापत्रमा भनिएको छ । पार्टीको आदर्श र सिद्धान्तको पुनब्याख्या गर्न, संघीय तथा समावेशी संरचना अनुसार कांग्रेसलाई पूर्ण लोकतान्त्रिक समावेशी र गतिशील बनाउन पुनर्जागरण अभियानले खाका बनाउने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले यो कुनै गुट र व्यक्तिविरुद्ध नभएको बताए पनि युवाहरुलाई कांग्रेसले समेट्न भने सकेको छैनन् । यद्यपि नेपाली कांग्रेसका हजारौं युवाहरु संघीय संरचनाको निर्वाचनपछि पार्टीको क्रियाकलापबाट टाढै बसिरहेका छन् । युवाहरुले हिजोका दिनमा युवाहरुका बारेमा आवाज नउठाएको कुनै गुटसँग आबद्ध हुँदै पार्टीमा गुट समाउँदै पद हत्याउँदै गरेकाले निःस्वार्थ कांग्रेसमा लाग्ने युवा नेताहरुको जमातले अहिलेको पुर्नजागरण अभियानलार्य साथ दिइरहेका छैनन् । अभियानकर्ताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेलले कांग्रेसभित्रै रहेका युवा हस्तीहरुलाई सामेल गराएर अगाडि बढ्न नसकेको आरोप लाग्न थालेको छ ।

ती चार नेताहरु पनि १३औं महाधिवेशनबाट स्पष्ट एउटा एउटा गुटबाट नेतृत्व गर्दै आएकोले पनि अहिलेको पुर्नजागरण अभियानलाई सहजै रुपमा सबैले साथ दिने सम्भावना कमै देखिन्छ । सामेल नभएमा युवाहरुको एउटै भनाई छ आपूm बलिायो भएर १४आंै महाधिवेशनमा आप्mनो पक्ष बलियो बनाउने भएको उनीहरुको तर्क छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७४ फाल्गुन १४, ०७: ५१

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७४ फाल्गुन १४, ०७: ५१

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७४ फाल्गुन १४, ०७: ५१

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...