
नयाँ विकल्प
काठमाडाैं-बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। बस जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे भन्ने स्थान नजिक बिहीबार राति साढे १० बजे दुर्घटनामा परेको हो।
बैतडी प्रहरीका अनुसार मृत्यु हुनेमा २ महिला र ७ पुरूष रहेका छन्। मृत्यु हुने मध्ये ८ जनाको घटनास्थलमा र एक जनाको डडेल्धुरा उप-क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परेको पवनधुम यातायातको मा ५ ख ५१४१ नम्बरको सो बस बैतडीको गन्नाबाट महेन्द्रनगरतर्फ जाँदै थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जनक बहादुर धामीले दिएको जानकारी अनुसार बसमा करिब ४३ जना यात्रु सवार थिए। धामीका अनुसार घटनामा ३५ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।
उनीहरूमध्ये गम्भीर ८ जना घाइतेलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ। बस सडकबाट करिब सय मिटर तल खसेको छ।
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...