नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डीआईजीको दरबन्दी – Naya Bikalpa
September 21, 2026, Monday      Epaper
६ महिनामा उल्टियाे प्रधानमन्त्री केपी ओलीकाे निर्णय

नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डीआईजीको दरबन्दी


नयाँ विकल्प
काठमाडाैं- नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डीआईजीको दरबन्दी थपिएकाे छ । गृह मन्त्रालयले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्न ‘ओएनएम’ स्वीकृत गरेको छ। महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने भन्दै एक एआइजीकाे दरबन्दी समेत थपिएकाे छ ।

यसअघि एआईजीको दरबन्दी घटाएर तीनमा झारिएको थियो। नयाँ थपिएकाे ५ दरबन्दी संगै प्रहरीमा डिआईजीको संख्या १९ पुगेको छ। । हाल रहेका डीआईजीमध्ये १०१ औं ब्याचका डिआईजीहरू प्रदेश २ प्रहरी प्रमुख धिरज प्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख डिआईजी विश्वराज पोखरे सिआइवी प्रमुख शहकुल थापा मध्ये एक जना एआइजी बन्ने संभावना बढेकाे छ ।

उनीहरु एआईजी बनेपछि डीआईजीका तीन दरबन्दी खाली भएका थिए । अब थपिएका पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ । त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।

हालका तिन एआईजी तथा वर्तमान आईजिपी शैलेश थापाकै ब्याचका भएकाले २०७९ साल बैशाख १८ गते थापासँगै अन्य तीन जना एआईजीले अनिवार्य अवकाश पाएसंग थपिएकाे दरबन्दीमा बढुवा हुने एआइजीलाइ २९ औं आइजीपी बन्ने बाटाे खुल्ने छ ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ मंसिर ४, १७: २९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ मंसिर ४, १७: २९

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ मंसिर ४, १७: २९

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...