राजपा र फोरम फुटको संघारमा, सत्ता टिकाउन संविधान संशोधन गर्ने तयारी – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

राजपा र फोरम फुटको संघारमा, सत्ता टिकाउन संविधान संशोधन गर्ने तयारी

यादव सत्तातिर लम्केपछि मधेशमा बबाल

काठमाडौं । संविधान संसोधनको मुद्धा देखाएर चुनावमा तालमेल गरेका मधेशवादी दल आपसी अविश्वास र आशंकाका कारण अहिले फुटको संघारमा पुगेका छन् । ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई नै पछि पार्दै प्रदेश नं. २ मा मधेशी गठबन्धन बहुमत हासिल गर्न सफल भयो ।

संविधान संशोधनमा प्रमुख पार्टीले अस्वीकार गरेका कारण मधेशको अधिकार खोसिएको भन्दै जनताले उनीहरुलाई विजय गराए । तर पटक पटक मधेशवादी दलहरुबीच राजनीतिक एजेण्डा र कहिले पदीय भागबण्डामा विवाद हुने गरेको छ । लगभग राजनीतिक एजेण्डा उस्तै भएपनि फोरम र राजपाबीच धेरैजसो समय टकराव हुँदै आएको छ । यस पटक फोरम नेपाल संविधान संशोधनको माग गर्दै केन्द्रीय सरकारमा जाने भएपछि मधेशवादी दलमा दरार उत्पन्न भएको हो ।

राजपाले आपूmहरु पनि मधेशको शक्ति भएको भन्दै फोरमसँग एमालेले गरेको सम्झौता मान्य नहुने प्रस्ट्याइसकेको छ । पहिल्लो समय राजपाका नेताहरुले संविधान संशोधनको सम्झौता गर्दा आपूmहरुलाई पनि संलग्न गराउनुपर्ने बताउँदै आएका छन् । राजपा र फोरमबीच गठबन्धन गरेर प्रदेश दुइमा सरकार गठन भएको छ । प्रदेश २ को सरकारको नेतृत्व फोरमबाट लालबाबु राउतले गरेका छन् । यद्यपी प्रतिपक्षमा बसेरै भएपनि फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले पनि समर्थन जनाएको थियो ।
दुई वामपन्थी दलको प्रदेशसभामा ३१ सिट छ जबकि राजपाको २५ सिट मात्रै छ ।

यसर्थ बहुमतको दम्भमा फोरमले पनि आपूmहरुलाई महत्व नदिएको राजपाको दाबी छ । फोरम केन्द्रीय सरकारमा गए प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने धम्की दिएको राजपा लचिलो हुँदै प्रदेश सरकारमा सहभागी भएको बताइन्छ । यस्तो अवस्थमा प्रदेश दुईको प्रमुख सत्तारुढ दल फोरम वाम गठबन्धन नेतृत्वको केन्द्र सरकारमा सहभागी भए मधेशवादी गठबन्धन टुट्लान् या कायम रहलान् त्यो समयले देखाउनेछ । पहिलो संविधानसभाको चुनावमा पनि सुविधाजनक बहुमत प्राप्त गरेर पनि मधेशको हितमा काम गर्न नसकेको आरोप मधेशवादी दलमा छ ।

फेरी उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपाल सत्तामा जाने भएपछि उत्पन्न भएको विवाद सतहमै देखिन थालेको छ । मधेशको राजनीतिमा सक्रिय रहेका राजपा–फोरमको सम्बन्ध सहकार्य र सहमति भन्दा पनि प्रतिद्वन्द्वीका रुपमा बढी हुने गरेको विकसित राजनीतिक घट्नाक्रमले प्रष्ट पार्दैछ । पहिलो संविधानसभाको चुनावपछि मधेशवादी दलहरु मिल्न नसक्दा अधिकार प्राप्त हुन नसकेको आरोप लागिरहेको बेला फेरी पनि उनीहरुले त्यही लाइनमा अगाडि बढेको मधेसका जानकारहरु बताउँछन् ।

०६४ सालमा मधेशी जनअधिकार फोरम र सद्भावना सरकारमा गए, तमलोपा गएन । माधव नेपालको सरकार बन्दा तमलोपा, सद्भावना र विजय गच्छदार गए तर उपेन्द्र यादव सहभागी भएनन् । त्यसपछि झलनाथ खनालको सरकारमा उपेन्द्र यादव गए, गच्छदारसहित तमलोपा र सद्भावना पार्टी सरकार बाहिर बसे । ०७२ असोज ३ मा संविधान जारी हुँदाको पृष्ठभूमिमा भने मधेशी दल एकै ठाउँमा थिए । उनीहरू एकै ठाउँ हुँदासमेत नेताको व्यक्तित्वको टकराव छताछुल्ल भइरह्यो । लोकतान्त्रिक मधेसी मोर्चाको नाममा मोर्चाबन्दी गरेका उनीहरूले संविधान मस्यौदामा छलफल गर्नसमेत अवरोध सिर्जना गरे र संविधान जारी भएपछि दसगजामा बसेर नाकाबन्दी नै गरे । पहाडी पार्टीले मधेशलाई अधिकार दिन नमानेको भन्दै जनतासँग भोट मागेका नेताहरु फेरी सत्ताको खेलमा लागेपछि जनतामा आक्रोश र निराशा छाएको छ ।
संघीय सरकारमा फोरमको सहभागिता हुने कुराले प्रदेश २ को सरकारको समीकरणमा पनि ठूलो फेरबदल आउन सक्छ । उतिबेला पनि वीरगन्जमा आन्दोलन चर्केका बेला विराटनगर नाका खुकुलो भएको थियो ।

उपेन्द्र यादवको सल्लाहमा विराटनगरको आन्दोलन चर्काउन महतो त्यहाँ पुग्दा उपेन्द्र सुटुक्क काठमाडौं हिँडेको राजपा नेताहरुको भनाई थियो । उनीहरूभित्रको आन्तरिक बेमेल त्यतिबेला पनि उत्कर्षमा पुगेको थियो । अहिले पनि तमलोपासँग नमिल्ने संकेत फोरमले देखाइसकेको छ । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ मत पु¥याउन फोरमलाई सरकारमा ल्याउने तयारीमा जुटेका बेला फोरम पनि मौकाको फाइदा उठाउँदै सरकारसँग बार्गेनिङ्ग गरिराखेको छ । यदि आपूmहरुलाई सरकारमा ल्याउने हो भने आपूmहरुलाई परराष्ट्र, उर्जा र संचार मन्त्रालय दिनुपर्ने माग फोरमको छ । सधैँ फाइदाको राजनीति गर्ने मधेशवादी दल र भूmठको राजनीति गर्ने एमालेबीच कसरी कुरा मिल्छ त्यो समयले देखाउँछ । तर मधेशवादी दलहरुबीच फुट ल्याएर फाइदा उठाउन खोजेको एमाले फोरमको बार्गेनिङ्गबाट स्वयम् बामघटक नै अलमलमा पर्दै गएको छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७४ फाल्गुन २१, ०८: ५४

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७४ फाल्गुन २१, ०८: ५४

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७४ फाल्गुन २१, ०८: ५४

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...