हुम्लाका स्थानीय तहमा घरदैलो स्वास्थ्य सेवा सूरू – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

हुम्लाका स्थानीय तहमा घरदैलो स्वास्थ्य सेवा सूरू

नयाँ विकल्प ,

काठमाडाैं- हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ ।

यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।

नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले बताए । यहाँका अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो । गाउँपालिकाका ७० वर्षीय दोर्मा हमालले भने, “यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ” ।

उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको उनकाे भनाइ छ । यस्तै अर्का स्थानीयवासी ८६ वर्षका नन्दबहादुर हमालले भने, “यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु” । उनले भने, “हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ” ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १४१ नागरिकले सेवा पाएको छिप्रा स्वास्थ्यौकिका अहेब प्रेम रावलले जानकारी दिए । गाउँपालिका–१ देखि ५ सम्म स्थानीय स्वास्थ्य चौकी, सामुदायिक एकाई र सामुदायिक अस्पताल गरेर दश स्वास्थ्य संस्था रहेका छन् भने एक डाक्टरसहित ३६ स्वास्थ्यकर्मी रहेका अहेब रावलले जानकारी दिए ।

यस्तै अस्थायी कोभिड अस्पतालका लागि एक डाक्टर, एक ल्याब टेक्निसियन र दुई स्टाफ नर्स रहेको उहाँले जानकारी दिए । आम नागरिकको घर दैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिइने गरेको छ । स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा गत वर्षको अनुदानबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पुर्याएर सेवा प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी गराए । रासस

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ मंसिर २४, १२: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ मंसिर २४, १२: ११

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ मंसिर २४, १२: ११

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...