काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा सडक पुगेपछि फस्टाउँदै व्यवसाय – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा सडक पुगेपछि फस्टाउँदै व्यवसाय

नयाँ विकल्प

काभ्रे – पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुन् । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उनले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् ।

उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका छन् । उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन् । यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनी बताउँछन् ।

“गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उनले भने , “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उनले बताए । धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उनले बताए ।

पहिला हिँडेर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उनले बताए। कफीबाट पनि पहिलोपटक आम्दानी लिन शुरु गरेको छ ।

यस वर्ष रु १६ हजारको बिक्री गरेको उनी बताउँछन् । कफी र अलँैचीको नर्सरीसमेत राख्न शुरु गरेका उनले बिरुवा बेच्ने तयारीमा रहेको बताए । बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गरेका छन् । उनले बारी छेउछाउमा करीब ३०÷३० बोट एभोकाडो बोटसमेत रोपेका छन् ।

गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसकेका उनी नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन् । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उनले बताए । जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् ।रासस

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ मंसिर २४, १३: ४७

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ मंसिर २४, १३: ४७

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ मंसिर २४, १३: ४७

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...