विराटनगरकाे वीरेन्द्र सभागृहले फेर्दैछ काँचुली – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

विराटनगरकाे वीरेन्द्र सभागृहले फेर्दैछ काँचुली

नयाँ विकल्प

माेरङ- विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ ।

सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ । कुनै बेला विराटनगरका सबैभन्दा राम्रो यो सभागृह अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ । शहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनालाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाइने जानकारी दिए ।

सभागृहको प्रबलीकरणका लागि करीब रु २७ करोड खर्च लाग्ने अनुमान गरिएकामा नगर विकास कोषले रु १२ करोड छुट्याएको छ भने प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ । भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने नक्सा प्रमुख थापाले जानकारी दिए ।

पटकपटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकालमै बनेको थियो । विभिन्न सभा समारोहका लागि उपयुक्त यस भवनलाई आधुनिकीकरण गर्नुपर्ने तथा समयसापेक्ष वातानुकूलित गर्नुपर्ने माग हुँदै आएको थियो । सभागृहलाई आकर्षक बनाउन आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्षका साथै मिडिया क्याबिनेटको व्यवस्था गरिनेछ ।

अब यसमा करीब ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ । महानगरपालिकाले सभागृहभित्र भइरहेका गतिविधिलाई बाहिरका मानिसले हेर्न सक्ने गरी बाहिरी भागमा एलइडी स्क्रिनको समेत व्यवस्था गर्नुका साथै भवनको शोभा बढाउन उच्चकोटीको पुष्प उद्यान निर्माण गरिने प्रमुख थापाले जानकारी दिए । स्थानीय शहीद रङ्गशालासँग जोडिएको सो सभागृह सार्वजनिक महत्वका कार्यक्रम गर्न निकै सुविधाजनक स्थान मानिन्छ । रासस

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ मंसिर २४, १४: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर २४, १४: १६

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर २४, १४: १६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...