युवा नेता भट्टराई फेरि पन्छाइए – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

युवा नेता भट्टराई फेरि पन्छाइए

काठमाडौं । शुक्रबार गरिएको मन्त्रिपरिषद विस्तारले एमालेभित्र गुटगत राजनीतिले कति प्रभाव पार्छ भन्ने कुरा छर्लंग पारेको छ । एमाले पार्टीले इतिहासमै सबैभन्दा धेरै सफलता पाएको अवस्थमा पनि पार्टीका पूर्व प्रधानन्यायाधीश लगायत अन्य थुप्रै नेताहरु पार्टीभित्रै प्रतिपक्षी भएर बसेका छन् ।

राष्ट्रपतिको उम्मेदवार बन्न तम्सिएका पूर्व अध्यक्ष झलनाथ खनाल अध्यक्ष केपी अ‍ोलीको अगाडि नतमस्तक भए भने पूर्व महासचिव माधवकुमार नेपाल अध्यक्ष बनाइदिन्छु भन्ने ओलीको प्रलोभनको जालमा नराम्ररी फसे र राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई सघाउन सहमत भए ।

पार्टीभित्र आफ्नो बलियो संगठन भएका नेताहरु ओलीको बोलीमा फसे भने अन्य नेता तथा कार्यकर्ताहरुको हबिगत कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ ।  सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले यसपटकको मन्त्रिपरिषद् विस्तारमा योगेश भट्टराईलाई मन्त्री बनाएरै छाड्ने प्रतिबद्धता गरेका थिए ।

दुई पटकसम्म काठमाडौंमा चुनाव लड्दा हारेका योगेश गत आमनिर्वाचनमा ताप्लेजुङ्गबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए उनको चुनावी सभालाई सम्बेधन गर्न ओली ताप्लेजुङ पुगेर भट्टराई मन्त्री बन्ने पक्का भएको बताएका थिए ।

उक्त अवसरमा भट्टराईको प्रसंशाका लागि अ‍ोलीले युवा, अनुभवी, तेज तरार, विश्वासिलो, युवा मष्तिस्क र युवा काँध भएका जस्ता थुप्रै प्रशंसाका शब्दहरु खचिएका थिए । तर आपूmले चुनेर पठाएको जनप्रतिनिधि मन्त्री बन्लान् र जिल्लाको विकास गर्लान् भनेर आशावादी बनेका ती जनताहरुलाई ओलीले अहिले जिल्लाईदिएका छन् ।

निर्वाचनका बेला त्यति विशेषतायुक्त युवा नेता योगेश अहिले पटक पटक मन्त्रालय फुटाउँदै भागवण्डा मिलाउँदा पनि मन्त्रीमा नपर्नुको एक मात्र कारण हो, उनी ओलीको भन्दा फरक गुटको नेता हुन् । एमालेको नवौं महाधिवेशनमा माधव नेपालको प्यानलबाट सचिव जितेका योगेशले बेलाबेलामा पार्टी अध्यक्षप्रति गर्ने गरेको खबरदारीका कारण आज उनी मन्त्रीको सूचीभन्दा बाहिर परेका हुन् ।

एमालेको स्थायी समिति सदस्य समेत रहेका भट्टराई मात्र हुन् जो यसपटक मन्त्री बनाइएनन् । आप्mनो प्यानलबाट सचिव बनेका भट्टराईलाई मन्त्री बनाउन नेपालले ओलीलाई बारम्बार आग्रह गरेका थिए ।

तर ओलीले टेरपुच्छर लगाएनन् । योगेशले पार्टी एकतापश्चात ओली र प्रचण्डले सन्यास लिएर नेल्सन मण्डेलाजस्तो सर्वमान्य बन्नुपर्ने सुझाव दिएका थिए । तर खरो बोल्ने र साँचो बोल्ने नेतालाई यसपटक ओलीले छानी छानी प्रहार गरे । आप्mनो बोलीमा हो मा हो नमिलाउने नेताहरुलाई ओलीले यसपटक “टार्गेट” बनाएको एमाले नेताहरुको आरोप छ ।

प्रदेश ५ बाट राष्ट्रिय सभामा कोमल वलीलाई टिकट दिइएकोमा स्थायी समिति बैठकमा उपमहासचिव भूषाल र सचिव भट्टराईले “नोट अफ डिसेन्ट” नै लेखेका थिए । ठाकुर गैरेलाई प्रदेश ५ बाट र जगन्नाथ खतिवडालाई प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार बनाउनुपर्ने उनीहरुले सुझाएका थिए ।

ओलीलाई सबैभन्दा ठूलो रिस विद्या भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउनु हुन्न भन्दाको रहेको थियो । भट्टराईले त्यतिबेलाको स्थायी कमिटिको बैठकमा शितल निवासमा बसेर राष्ट्रपतिले गुट चलाएको आरोप लगाएका थिए ।

ओलीले आफ्नो विपक्षमा एक शब्द मात्र बोल्ने नेतालाई पाखा लगाएको र आफ्ना निर्णयहरु खुरुखुरु सहमति जनाएका नेताहरुलाई मात्र व्यवस्थापन गरेका छन् ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७४ चैत्र ५, ०७: ५५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७४ चैत्र ५, ०७: ५५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७४ चैत्र ५, ०७: ५५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...