निर्वाचन नजिकिंदै गर्दा नेताहरुबीच तीब्र आलोचना – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

निर्वाचन नजिकिंदै गर्दा नेताहरुबीच तीब्र आलोचना

गठबन्धनभित्र प्रतिघातको संकेत

काठमाडौं । दोस्रो संविधान सभाको निर्वाचनपछि नेपालको राजनीतिमा राष्ट्रिय सहमतिको कुरा जति गरेपनि संविधान निर्माण प्रकृया बाहेक ठूला दलहरु सरकार निर्माण प्रकृयामा दलहरु कहिल्यै एक हुन सकेनन् । आफ्नो पल्लाभारी बनाएर सरकारमा जाने र कसैलाई काखा, कसैलाई पाखा गर्दै आएका छन् ।

पहिलो संविधान सभामा जनयुद्धबाट भर्खरै खुला राजनीतिमा आएको तत्कालिन माओवादी सबैभन्दा ठूलो पार्टी र संविधान सभामा २२० सिट संख्या जितेर सरकार बनाउँदा पनि लामो समय टिक्न सकेन । माओवादी पार्टीभित्र देखिएको बिचलनले संविधान समेत बन्न सकेन । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अह्मभाव र दुर्गामी राजनीतिक दृष्टिकोण नभएका कारण प्रचण्ड नेतृत्वको सरकार १० महिनामै अवसान हुन पुग्यो । त्यसपछि नेपालको राजनीतिमा सहमतिको राजनीति भन्दै आलोपालो प्रथाबाट नेपालका चार कम्युनिष्ट नेताहरु प्रधानमन्त्री हुन पुगे । विना कारण पहिलो संविधान सभाको अवसान गराउने तत्कालिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई थिए । राजनीति इतिहासलाई हेर्ने हो भने नेपालका कम्युनिष्टहरु पञ्चायतकालदेखि दरबारसँग निकट भएको र दरबारलाईनै बल पु¥याइरहेका थिए । त्यसले गर्दा पनि पञ्चायत व्यवस्था लामो समय टिकेको थियो । २०६२÷२०६३ को दोस्रो ठूलो जनआन्दोलनमा कम्युनिष्टको बर्चस्व हुँदाहुँदै पनि राजनीति निकास निकाल्न नसकेका कारण १२ बुँदे सम्झौता र दिल्लीको शरणमा पुगेका कम्युनिष्टहरु नेपालको लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसँग मिल्न बाध्य भए । तत्कालिन अवस्थामा लोकतान्त्रिक शक्ति भनेको कांग्रेस मात्र थियो । लोकतान्त्रिक शक्तिका कमाण्डर महानायक गिरिजाप्रसाद कोइरालाको राजनीति चर्तु¥याई र राजनीति सहमतिको लागि राजा फाल्न समेत कोइराला तयार नभएको भए संविधान सभाको निर्वाचन नै हुने थिएन । तत्कालिन अवस्थामा कांग्रेसले निर्वाचनमा हार व्यहोर्नुपर्छ भन्दा भन्दै पनि पहिलो संविधान सभाको निर्वाचन भएरै छाड्यो ।

पहिलो संविधान सभाको मुख्य उद्देश्य नै संघीय गणतन्त्रको स्थापना र पुर्खौदेखि एकात्मक व्यवस्थाको हिमायति शाह वंशजहरुको अन्त । तर त्यति ठूलो राजनीतिक इतिहास बाकेको मुख्य दल कांग्रेसलाई समेत लत्याल्याउँदै जाने र पुराना कम्युनिष्टहरुले रिसइबी लिदँै जसरी राजालाई फाल्यौ, त्यसैगरी कांग्रेसलाई समाप्त गर्ने षड्यन्त्र गर्नु राजनैतिक बेइमानीको पराकाष्ठ हो । कांग्रेसभित्र केही कमीकमजोरी भएका होलान, तर २००७ सालदेखि जग बलियो बनाउँदै आएका कांग्रेसको केही स्वार्थी नेताहरुका कारण लोकतान्त्रिक मूल्य मान्यतामा अडीग भएर बसेका गाउँ गाउँका कांग्रेसका शुभचिन्तकहरु यो निर्वाचनमा कांग्रेसप्रति बढेको जनलहरले सिंगो कांग्रेसलाई अर्थात लोकतान्त्रिक परिपार्टीको संरचनामा कुनै ठूलो तलमाथि हुने संकेत देखिदैन । वामगठबन्धनले जति अलापविलाप गरेपनि लोकतन्त्रको जग त्यसै हल्लिने परिस्थिति निर्माण भएको छैन । कांग्रेसभित्र जति विवाद छताछुल्ल हुँदा पनि मतको आधार हेर्ने हो भने ठूलो अन्तर देखिने अवस्था वामगठबन्धनले बनाउन सकेको छैन ।
तर आउँदो १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले हिजोका पञ्चायतका पक्षपोशक कमल थापा र पशुपति शमसेरसँग गठबन्धन गरेर कांग्रेसलाई केही घाटा हुने देखिन्छ । अहिले चुनाव प्रचारप्रसारको क्रममा हेर्ने हो भने कांग्रेसले राप्रपा कमल थापालाई छुट्याइएको क्षेत्रहरुमा कांग्रेस खुलेर प्रचारप्रसारमा जान सकिरहेको छैन । यद्यपी कमल थापको तुलनामा पशुपति सम्सेरप्रति केही नरम देखिएका छन् । तर कमल थापा तत्कालिन शाही सरकारका गृहमन्त्री भएर गोली चलाउने आदेश दिँदा कांग्रेस कम्युनिष्टहरुले शाहदात प्राप्त गरेका थिए ।

उता गणतन्त्रको कार्यान्वयनको पत्र लिएर तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई दरबार छोड्नुपर्ने पत्र बुझाउन जाने तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई लिङ्देललाई भिडाएर कतै गणतन्त्र स्थापनाका साक्षी सिटौलालाई पाखा लगाउन खोजिएको त होइन ? झापाका राजनीतिक विश्लेसकहरु बताउँछन् । लोकतान्त्रिक गठबन्धनभित्र बसेर कतै स्वस्थ प्रतिस्पर्धा कतै कांग्रेसले उम्मेद्वाररै नदिँदा कार्यकर्तामा अन्यौलता छाएको छ । त्यसैले झापामा कृष्णप्रसाद सिटौला लगायत अन्य स्थानमा रा.प्र.पा ले कांग्रेसलाई समर्थन नगरे अन्य स्थानमा रा.प्र.पा लाई कांग्रेसले व्याक फाएर गर्ने तयारी रहेका छन् ।
उता, सत्ता स्वार्थ केन्द्रित भएर काँग्रेसलाई पाखा लगाउने उद्देश्यले गरिएको अपवित्र वामगठबन्धनमा शंकै शंका उत्पन्न भएको छ । अधिकांश माओवादी उम्मेदवार बनेका स्थानमा नेपाली कांग्रेसको जित सुनिश्चित बन्दै गएपछि बाम गठबन्धनमा शंका उत्पन्न भएको हो । त्यसमाथि केन्द्रमा गठबनधन गरेपनि स्थानीय तहसम्म गठबन्धनका कार्याकर्ता एक हुन नसक्दा शंका उत्पन्न भएको हो ।
काठमाडौंमा पनि माओवादीका उम्मेदवार भएका स्थानमा प्रतिस्पर्धी उम्मेदवारहरु बलिया देखिएका छन् । त्यस्तै एमालेसंग मात्र सहकार्य गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नै जितको सुनिश्चितता नभएपछि वी.पी र जी. पीको सपना साकार पार्न कांग्रसले आफूलाई मत दिनुपर्ने राय व्यक्त गरीरहेका छन् । त्यसैले पनि माओवादी केन्द्र कतै नेपाली कांग्रेससंग लहसिने त होइन भन्ने डर एमाले नेताहरुमा पलाउन थालेको बताएइएको छ । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेपाली कांग्रेसको विरुद्धमा निकै नरम बन्दै गएका छन् । त्यही कारणले पनि बाम गठनबन्धनमा शंकैशंका उत्पन्न भएको राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।
देशभरको आकालन गर्दा जहाँ जहाँ माओवादीका भागमा उम्मेदवारी परेको छ, रुकुम रोल्पा बाहेकका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवारहरु बलियो बनेको रिपोर्ट आन्तरिक रुपमा माओवादी केन्द्रका नेताहरुले गरेका छन भने एमाले तयार गरेको आन्तरिम रिपोर्टमा एमाले कार्यकर्ता मात्र गठबन्धनमा इमान्दार बन्ने भन्ने उल्लेख गरिएको छ । दुवै पार्टीका स्थानीय स्तरमा .तयार पारिएको यस्ता रिपोर्टका कारण बामगठबन्धनमा एकता भन्दा पनि कतै केन्द्रले जर्बजस्ती लादेको सहमती भित्र भाडभैलो मच्चिने सम्भावना प्रवल भएर गएको छ ।

शंकाको अर्को मुल कारण भनेको माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ पर्दा एमाले नेताहरु सहितको विरोध हुन्छ भन्नेमा धेरै माओवादी कार्याकर्ताहरु ढुक्क थिए । तर एमाले नेताहरुले सो घटनाको विरोध गर्ने भन्दा पनि धमाधम स्वागत गरेका कारण माओवादी केन्द्रभित्र एमालेको गठबन्धनभित्र शंका जन्मेको हो । अझ कतिपय निर्वाचन क्षेत्रमा माओवादी र एमालेका उम्मेदवाहरु एकै साथ भोट माग्न समेत हिडेका छैनन् । एक जना माओवादी नेता भन्छन्,– ‘कार्यकर्ताहरुको त कुरै छाडौ संगै चुनाव लडेका उम्मेद्वारहरु एकैसाथ हिड्न नसकेको अवस्थामा कसरी गठबन्धन भन्ने’ । उनका अनुसार ठुला नेताहरुको क्षेत्रमा देखाउनका लागि दुवै पार्टीका नेताहरु संगै हिड्ने भन्दा अरु कुनै सहकार्य हुन सकेको छैन ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७४ मंसिर ४, ०९: ०२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७४ मंसिर ४, ०९: ०२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ मंसिर ४, ०९: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...