पृथ्वीनारायण शाहको शालिकसम्म जुलुस लिएर जाने राप्रपा कार्यकर्ता गिरफ्तार – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

पृथ्वीनारायण शाहको शालिकसम्म जुलुस लिएर जाने राप्रपा कार्यकर्ता गिरफ्तार


नयाँ बिकल्प,

काठमाडौं – पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्तिको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रकालीमा निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरी केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाको नेतृत्वमा भद्रकालीबाट शुरु भएको जुलुस सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्मण गर्न जाने क्रममा सामान्य झडप भएपछि केही प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बाजागाजासहित सहभागीहरु भद्रकालीबाट सिंहदरबार मूलगेट अघिको सडकतर्फ बढेपछि प्रहरीले रोकेको थियो । मूल सडकमा जुलुस लिएर नजान प्रहरीले गरेको आग्रहलाई प्रदर्शनकारीले अश्वीकार गरेपछि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भनि गिरफ्तार गरेको थियो ।

फुटपाथ प्रयोग गर्न प्रहरीले गरेको आग्रह अश्वीकार गरेपछि प्रहरीले जबरालगायतलाई धरपकड गर्न खोजेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीहरुबीच धकेला धकेल भएको थियो । केही समयमको अबरोधपछि अध्यक्ष राणाले पैदली हिँडेर पृथ्वीनारायण शाहको शालिकमा माल्र्यार्पण गरेको थियो ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष २७, १५: ४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष २७, १५: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष २७, १५: ४१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...