गाउँपालिका अभियानः एक वडा एक पोखरी, एक चौतारी ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गाउँपालिका अभियानः एक वडा एक पोखरी, एक चौतारी !

नयाँ विकल्प

तनहुँ- आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक पोखरी र एक वडा : एक चौतारीको अभियान शुरु गरेको छ ।

पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । “वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हाैं, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ”, पोखरेलले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठाैं गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ”, पोखरेलले भने । करदाता बढे आँबुखैरेनी गाउँपालिकामा करदाता बढेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार २०७ करदाता रहेकामा चालु आव २०७७÷७८ मा चार हजार ८७९ करदाता पुगेका छन् ।

त्यसमध्ये व्यक्तिगततर्फ चार हजार ६९४ र संस्थागततर्फ १८५ करदाता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए । चालु आवमा एक हजार ९४० करदाताले सम्पत्ति तथा भूमिकर तिरेका छन् भने दुई हजार ३९ जनाले कर तिर्न बाँकी छ । गाउँपालिकामा आव २०७५÷७६ मा तीन हजार ९१७ र आव २०७४÷७५ मा चार हजार २९२ करदाता थिए । पाँच वटा कानून निर्माण गाउँपालिकाले चालु आवमा पाँच वटा कानून निर्माण गरेको छ ।

आइसोलेशन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७, कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष सञ्चालन कार्यविधि २०७७, कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७, निजी जग्गाको गिट्टी, बालुवा माटो कार्यविधि २०७७ र स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७७ माघ ७, ११: ३७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७७ माघ ७, ११: ३७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७७ माघ ७, ११: ३७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...