
नयाँ विकल्प,
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सोमबार देशका ७७ वटै जिल्लामा नेपाली कांग्रेका १३ वटा भ्रातृ संस्थाले विरोध प्रदर्शन र सभा गरेका छन् ।
१३ वटा भ्रातृ सस्थाका अध्यक्षहरुले संयुक्त प्रदर्शनको लागि आ–आफ्ना संगठनका मातहतका निकायलाई निर्देशन दिएको थियो । सोमवार पार्टीको भ्रातृ संस्था नेपाल महिला संघकी काठमाडौं सभापति विष्णुदेवी पुडासैनीको अध्यक्षतामा विशाल बिरोध सभा सम्पन्न भयो ।
विरोध सभाका कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कम्युनिष्टको नभएर कमाउनिष्टको भएको दाबी गरे ।

जनताले ५ वर्षसम्म सरकार चालउन दिएको नेकपाको सरकारले प्रतिनिधिसभा विघटन गरी मुलुकमा सर्वसत्तावाद ल्याउन खोजेको, चरम भ्रष्टाचारव र कुशासनमा भुलिएको तथा कोभिडविरुद्धको संघर्षमा प्रभावकवारी भूमिका खेल्न नसकेको आरोप लगाए ।
विरोध कार्यक्रममा नेता सिंहका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे, महिला संघ केन्द्रीय सदस्य कल्याणी रिजालको उपस्थिति थियो ।
विरोध सभामा काठमाडौं कांग्रेसका सभापति सबुज (कृष्ण) वानियाँ,तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, नेविसंघका महामन्त्री मनोज बैद्य, दलित संघका गंगा सुनुवार, किसान संघका श्यामकृष्ण खड्काले मन्तब्य राखेका थिए ।

सोमबार संयुक्त आन्दोलनमा कांग्रेसका भ्रातृ संस्थाहरुमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र नेपाल दलित संघका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यस्तै, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ्ग संघ, नेपाल राष्ट्रिय मगर संघर नेपाल ठाकुर समाजले संयुक्त संघर्षको लागि आव्हान गरेको थियो ।

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...