
नयाँ बिकल्प,
ललितपुर – संघीय सरकारका मन्त्री मणीचन्द्र थापाले प्रतिवन्धित नेकपा (विप्लव समूह) का उच्च तहका नेता हेमन्तप्रकाश वलीसँग भेट गरेका छन् ।
ललितपुरस्थित नख्खुु कारगारमा गएर संघीय सरकारका खानेपानी मन्त्री थापाले वलीसँग भेट गरेका हुन् । एक वर्षअघि एनसेलको ललितपुरस्थित मुख्यालयमा बम विष्फोट र देशका अन्य भागमा एनसेलको टावरमा आगलागी गराएको अभियोगमा वली कारागारमा छन् ।
बुधबार दिउँसो नख्खु कारागार पुगेका मन्त्री थापाले आफूलाई कारागार प्रशासन र कैदी बन्दीले कारागारको खराव अवस्था र समस्याको बारेमा बुझ्न आउन आग्रह गरेकाले गारागार आएका बताए ।
कारागार भित्रको पिउने पानी र सरसफाईको समस्याको विषयमा जानकारी लिन आए पनि कारागारमा रहेका आफ्ना पुराना साथि हेमन्तप्रकाश वलीसँग समेत भेट गरेको बताए ।
‘हेमन्तप्रकाश वली मेरो पुरानो साथि पनि हो । यहाँ आउँदा उहाँसँग पनि भेट भयो ।
कारागार बसाईको विषयमा आफूले सोधखोज गर्दा वितगमा सरकारले बोलेका कुरा पुरा गरोस भनेर सुझाव दिनुभयो । उहासँग सामान्य कुराकानी मात्र भयो,’वलीसँगको भेटपछि थापाले संचारकर्मीसँग भने ।
कारागारमा बसेका वलीलाई भेट्न सुरक्षाकर्मी मात्र लिएर गएका मन्त्री थापाले वलीसँगको भेटमा कुनै राजनीतिक विषयमा छलफल र कुराकानी नभएको बताए ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते संघीय संसदको निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री ओलीले अर्धभूमिगत रुपमा राजनीति गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिवन्द लगाएको छ ।
तत्कालिन नेकपा माओवादीबाट नेकपामा आएकामध्ये अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड लगायतका धेरै नेता र कार्यकर्ता उनैको समूहमा लागेपछि प्रधानमन्त्री समेत रहेका वलीले पूर्वमाओवादी नेतालाई आफूसँग नजिक ल्याउने प्रयास गरिरहेका छन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...