पूर्वराजा ज्ञानेन्द्रले भने ‘जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु सह्य हुन्न’ – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper
आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई जीविका चलाउन धौ धौ

पूर्वराजा ज्ञानेन्द्रले भने ‘जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु सह्य हुन्न’


नयाँ बिकल्प,
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने भन्दै सरकारप्रति असन्तुुष्टि जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले विहीबार सामाजिक सञ्चालमा ट्विटमा ट्विट गर्दै नेकपाको सत्तारुढ समूह र आज आमहड्ताल गर्ने प्रचण्ड–माधव समूहप्रति लक्षित गर्दै सत्ताको खेल बन्द र हडताल गरी जनतालाई दुख दिएर खेल्नुको सट्टा जनताको मन जितेर खेल्न आग्रह गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले बिहीबार आव्हान गरिएको आम हड्तालप्रति असन्तुष्टि जनाउँदै जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले लामो समय झापा बसाईपछि आज सामाजिक सञ्जालमार्फत सत्तारुढ नेकपा र आन्दोलनरत नेकपालाई यस्तो चेतावनी दिनुले मुलुकको राजनीतिक अवस्थालाई संवेदनशील द्वन्द्वतर्फ उन्मुख भएको संकेत गरेका छन् ।

हेर्नुस् पूर्वराजा ज्ञानेन्द्रले पोष्ट गरेको ट्विट

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७७ माघ २२, १४: २२

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ माघ २२, १४: २२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७७ माघ २२, १४: २२

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...