प्रधानमन्त्रीको सोच रेल र सुरुङ मार्ग तर्फः मुख्य सल्लाहकार रिमाल – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको सोच रेल र सुरुङ मार्ग तर्फः मुख्य सल्लाहकार रिमाल

नयाँ विकल्प

काठमाडाैं- प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् ।

समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट –काठमाडौँ सम्पर्क मञ्चको शनिबार आयोजित कार्यकर्ता भेलामा नेकपा स्थायी कमिटीका सदस्य रिमालले शुक्रबार काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीका पक्षमा कार्यकर्ता र जनताको समर्थन देखिएको बताए ।

उनले केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशूली सडकको स्तरोन्नति, टोखा छहरे–सुरुङमार्गको परिकल्पना आदि राष्ट्रियता महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा पार्टीलाई विजयी गराउन आग्रह गरे ।

नेता रिमालले निर्वाचन चिह्न र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने बताउँदै निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो । नेकपा वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको जिकिर गरे ।

नेकपाका केन्द्रीय सदस्य केशवराज पाण्डेले पार्टी छाडेर जानेहरुले या यही पार्टीमा निःशर्त फर्कनुपर्ने या राजनीतिबाट सन्न्यास लिनुपर्ने स्थिति आउने ठोकुवा गरे । नेकपामा नवप्रवेशी कमानसिंह लामाले आफू पार्टीमा कुनै पद र स्वार्थका लागि नभई प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई सघाउन प्रवेश गरेको उनले बताए ।

भेलाले उत्तम तिमिल्सनाका अध्यक्षतामा मञ्चको नेतृत्व पुनः गठन गरेको छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७७ माघ २५, १२: १९

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७७ माघ २५, १२: १९

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७७ माघ २५, १२: १९

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...