
नयाँ बिकल्प,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ धकेलेको बताएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औं साधारण सभाको बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको टिप्पणी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसको बिरुद्धमा सत्तारुढ नेकपाकै पुष्पमकल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले विरोधका कार्यक्रम गरिरहेको छ ।
उनले भने, ‘संविधान कार्यान्वयनको शुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन । संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको छ यो गलत कदम सच्चिनु पर्छ ।’
उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने बताए । पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको उल्लेख गर्दै पुनले संसद पुनस्थापनाले मात्रै निकास दिने बताए ।
महाधिवेशन उद्घाटन कार्यक्रममा संचार मन्त्री पार्वत गुरुङले प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्नु प्रतिगमन नभएर अग्रगमन भएको दाबी गरे ।
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...