इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत

नयाँ विकल्प

एजेन्सी- युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् ।

यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ । फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता हुने बताइएकाे छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले इरानी राष्ट्रपति हस्सन रौहानीसँग टेलिफोनमा कुरा गरी इरानले आफ्ना प्रतिबद्धता पूरा गर्नेतर्फ विशेष चासो राख्नु भएको मर्केलका प्रवक्ताले बताएका छन् । विज्ञहरुले पश्चिमा मुलुक र इरानबीच सन् २०१५ मा सम्पन्न आणविक सम्झौतालाई बचाउन निकै कठिन रहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता बमोजिम इरान प्रतिबद्ध नरहेको आरोप लगाउँदै उक्त सम्झौताबाट अमेरिका सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए । तर राष्ट्रपति जो बाइडेन प्रशानसले उक्त आणविक सम्झौतामा पुनः प्रवेश गर्नेगरी तयारी गरेको जनाएको छ ।

तर इरानले आणविक कार्यक्रम स्थगित गरेमा इरानमाथि लागेका प्रतिबन्धहरु अमेरिकाले फुकुवा गर्ने पनि बताएको छ । आगामी फेब्रुअरी २१ भित्र अमेरिकाले प्रतिबन्धहरु फुकुवा नगरे संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई इरानी आणविक कार्यक्रमको निरीक्षण गर्न नदिइने धम्की दिएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संघ (आइएइए) का प्रमुख राफेल ग्रस्सी आणविक केन्द्रहरुको निरीक्षणलाई निरन्तरता दिने उद्देश्यले इरानी अधिकारीहरुसँग वार्ताका लागि शनिबार तेहरान जाने हुनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानले आइएइएलाई पूर्ण सहयोग गर्नुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७७ फाल्गुन ६, १३: ३१

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ फाल्गुन ६, १३: ३१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७७ फाल्गुन ६, १३: ३१

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...