
नयाँ बिकल्प,
काठमाडौं । सरकार र विप्लव समूहबीच तीन बुुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा प्रवेस गरेको अर्धभूमिगत दल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)सँग नगरा नबजाई आफूले वार्ता प्रक्रियाबाट सहमति गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबा गरेका छन् ।
विप्लवसँग भएको तीन बुँदे सहमतिपछि प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै फोर्स ल्याण्डिङ नभएर सेफ ल्याण्डिङ गरेको बताए ।
ओलीले जनताले शान्ति खोजेको भन्दै जनताको आकाँक्षा पुरा भएको दाबी गरे । उनले भने ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजीलाई बधाई स्वागत र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भयो त्यसका लागि राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’
‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन’ ओलीले भने ।
निकै प्रसन्न मुद्रामा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिए र भने ‘बधाई छ भर्खरै छुटेर आउनु भयो यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष …।’
ओलीले विप्लव समूहको तर्फबाट वार्ता टोलीको संयोजक रहेका सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नाम लिएर हस्ताक्षर समारोहमा हँसाएका थिए । उनले भने ‘ खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यार नाम ।’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...