काठमाडौ संसारकै अनौठो ठाउँः मोदी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

काठमाडौ संसारकै अनौठो ठाउँः मोदी

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं संसारकै अनौठो ठाउँ भएको बताएका छन् । काठमाडौं महानगरपालिकाले राखेको अभिनन्दन कार्यक्रममा उनले काठमाडौंको सांस्कृतिक, राजनीतिक तथा धार्मिक अवस्थाको विषयमा चर्चा गर्दै काठमाडौंसँग जोडिएका र यहाँ सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको एक एक नामसमेत उच्चारण गरेका थिए ।

मोदीले नागर्जुन जंगल, शिवपुरी, वागमती लगायतको चर्चा गर्दै संसारकै अनौठो ठाउँ काठमाडौं रहेको समेत बताए । नेपाली बोलेर मन्तव्य सुरु गरेका मोदीले आफूलाई नेपाल आउँदा शान्ति र आत्मीयताको अनुभूति हुने गरेको बताए । काठमाडौं वा नेपाल प्रत्येक भारतीय आफ्नोपनको महसुस गर्ने मोदीको भनाइ थियो । उनले काठमाडौंबारे सोच्दा एक शहर मात्रै भएको नसोच्ने समेत बताए ।

काठमाडौं एक शहर मात्रै होइन, काठमाडौं अभिन्न मित्र नेपालको राजधानी मात्रै होइन,ु मोदीले भने, काठमाडौं भगवान गौतम बुद्ध जन्मेको देशको राजधानी मात्रै होइन, ‘काठमाडौं हाम्रो साझा संस्कृतिको विरासत पनि हो । धौलागिरि, अन्नपूर्ण,सगरमाथा, कञ्चनजंघा यसरी दर्शन गर्न कहाँ सम्भव छ ? यस्तो दर्शन गर्न काठमाडौंमा मात्रै सम्भव भएको हो,ु मोदीले भने । उनले वसन्तपुर, कीर्तिपुर, ललितपुरको, भक्तपुर पाटन, स्वय्म्भू र बौद्धको समेत चर्चा गरे ।

काठमाडौं हस्तकलाका सामाग्री बेजोड रूपमा बनाउने सहर भएको बताए । उनले नेपालसँग प्राविधिक र आर्थिक साझेदारी निरन्तर गर्नेसमेत बताए । मोदीले काठमाडौंलाई धैर्य र अदम्य शाहस भएको शहर भएको समेत बताए । उनले नेपालमा एक वर्षमा तीन तहको चुनाव गरेकोमा प्रशंसा गरे । साथै नेपाल युद्धदेखि बुद्धसम्मको यात्रा र बुलेट छोडेर व्याल्टको यात्रा गरेको देश भएको बताउँदै निकै अघि बढ्नेसमेत बताए । सगरमाथा चढ्नेलाई नेपालका शेर्पाले गरेको सेवा वा सहयोग जस्तै नेपालको विकासको यात्रामा भारतले शेर्पाको काम गर्ने प्रतिबद्धता मोदीले बताए ।

उनले आफ्नै प्राथिमकता र आवश्यकता नेपालको विकास रहेको समेत चर्चा गरे । नेपालको सफलतामा भारत सधैँ खुसी हुने बताउँदै रेलवे, सडक निर्माण, जलविद्युत्त, प्रसारण लाइनको विस्तार, पेट्रोलको पाइपलाई निर्माणलगायतको क्षेत्रमा भारतले सहयोग गर्दै आएको र गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७५ बैशाख ३१, ०७: ५९

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ बैशाख ३१, ०७: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ बैशाख ३१, ०७: ५९

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...