काठमाडौ संसारकै अनौठो ठाउँः मोदी – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

काठमाडौ संसारकै अनौठो ठाउँः मोदी

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं संसारकै अनौठो ठाउँ भएको बताएका छन् । काठमाडौं महानगरपालिकाले राखेको अभिनन्दन कार्यक्रममा उनले काठमाडौंको सांस्कृतिक, राजनीतिक तथा धार्मिक अवस्थाको विषयमा चर्चा गर्दै काठमाडौंसँग जोडिएका र यहाँ सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको एक एक नामसमेत उच्चारण गरेका थिए ।

मोदीले नागर्जुन जंगल, शिवपुरी, वागमती लगायतको चर्चा गर्दै संसारकै अनौठो ठाउँ काठमाडौं रहेको समेत बताए । नेपाली बोलेर मन्तव्य सुरु गरेका मोदीले आफूलाई नेपाल आउँदा शान्ति र आत्मीयताको अनुभूति हुने गरेको बताए । काठमाडौं वा नेपाल प्रत्येक भारतीय आफ्नोपनको महसुस गर्ने मोदीको भनाइ थियो । उनले काठमाडौंबारे सोच्दा एक शहर मात्रै भएको नसोच्ने समेत बताए ।

काठमाडौं एक शहर मात्रै होइन, काठमाडौं अभिन्न मित्र नेपालको राजधानी मात्रै होइन,ु मोदीले भने, काठमाडौं भगवान गौतम बुद्ध जन्मेको देशको राजधानी मात्रै होइन, ‘काठमाडौं हाम्रो साझा संस्कृतिको विरासत पनि हो । धौलागिरि, अन्नपूर्ण,सगरमाथा, कञ्चनजंघा यसरी दर्शन गर्न कहाँ सम्भव छ ? यस्तो दर्शन गर्न काठमाडौंमा मात्रै सम्भव भएको हो,ु मोदीले भने । उनले वसन्तपुर, कीर्तिपुर, ललितपुरको, भक्तपुर पाटन, स्वय्म्भू र बौद्धको समेत चर्चा गरे ।

काठमाडौं हस्तकलाका सामाग्री बेजोड रूपमा बनाउने सहर भएको बताए । उनले नेपालसँग प्राविधिक र आर्थिक साझेदारी निरन्तर गर्नेसमेत बताए । मोदीले काठमाडौंलाई धैर्य र अदम्य शाहस भएको शहर भएको समेत बताए । उनले नेपालमा एक वर्षमा तीन तहको चुनाव गरेकोमा प्रशंसा गरे । साथै नेपाल युद्धदेखि बुद्धसम्मको यात्रा र बुलेट छोडेर व्याल्टको यात्रा गरेको देश भएको बताउँदै निकै अघि बढ्नेसमेत बताए । सगरमाथा चढ्नेलाई नेपालका शेर्पाले गरेको सेवा वा सहयोग जस्तै नेपालको विकासको यात्रामा भारतले शेर्पाको काम गर्ने प्रतिबद्धता मोदीले बताए ।

उनले आफ्नै प्राथिमकता र आवश्यकता नेपालको विकास रहेको समेत चर्चा गरे । नेपालको सफलतामा भारत सधैँ खुसी हुने बताउँदै रेलवे, सडक निर्माण, जलविद्युत्त, प्रसारण लाइनको विस्तार, पेट्रोलको पाइपलाई निर्माणलगायतको क्षेत्रमा भारतले सहयोग गर्दै आएको र गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७५ बैशाख ३१, ०७: ५९

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७५ बैशाख ३१, ०७: ५९

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७५ बैशाख ३१, ०७: ५९

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...