कैलालीमा पछिल्लाे २४ घण्टामा मात्र ९ जना काेराेना संक्रमितको मृत्यु – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

कैलालीमा पछिल्लाे २४ घण्टामा मात्र ९ जना काेराेना संक्रमितको मृत्यु


नयाँ विकल्प,


धनगढी – कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जनाको रहेका छन् ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ

सम्बन्धित समाचार

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७८ बैशाख २५, १६: ४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
  • २०७८ बैशाख २५, १६: ४२

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७८ बैशाख २५, १६: ४२

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...