
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीर अस्पतालको नयाँ भवनलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेको दुई साता बित्यो तर कार्यान्वयन भएको छैन् ।
केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले आइसीयु, एचडीयु र भेण्टिलेटरसहितको ५ सय शैय्याको कोरोना युनिफाईड अस्पतालको रुपमा बीर अस्पतालको नयाँ भवनलाई प्रयोगमा ल्याउने औपचारिक निर्णय गर्यो । केही दिनमै एक सय
७० वटा बेड क्षमतामा सेवा दिने घोषणा भयो ,तर कार्यान्वयन भएकै छैन् ।
अस्पताल प्रशासनले तत्कालका लागि कोरोना संक्रमितको उपचार गर्ने गरी एक सय ७० वटा बेड तयार भए पनि सरकारले अक्सिजन उपलब्ध गराउन नसकेको भन्दै संचालनमा आउन नसकेको जनाएको छ ।
संक्रमितहरु एम्बुलेन्स, अस्पतालको बेड र अक्सिजन नपाउँदा अकालमा ज्यान गुमाउन बाध्य भइरहेको बेला सरकारले गैरजिम्मेवार र लाचापन देखाएको भनदै नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ ।
नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले आईतरबा एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार भए पनि अक्सिजनको अभावमा बिरामी भर्ना लिन नसक्ने अवस्थाले सरकारको गैरजिम्मेवारीपन र उदाशिनता प्रष्ट भएको बताएका छन् ।
वीर अस्पतालको आकस्मिक कक्षमा संक्रमितको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पताल परिसरमै रहेको ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो । तर, शनिबारको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरसको युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पतालले नयाँ भवनमा बिरामी उपचार गर्न सबै तयारी पूरा गरेपनि अक्सिजन नपाएपछि कोरोना संक्रमितहरु उपचार नपाएर समस्यामा परेका छन् । वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशन अनुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइएकी छन् ।
अक्सिजनको व्यवस्था भयो भने मात्र पहिलो चरणमा १०० बेड सञ्चालनमा ल्याउने योजनामा छौं। सरकारले तत्काल ५०० बेड सञ्चालन गर्न सम्भव छैन‘ निमिक्त निर्देशक सापकोटाको भनाई उधृत गर्दै नेविसंघ महासचिव तिमिल्सिनाले भने ।
वीर अस्पतालमा ८ वटा आइसियु र १६ वटा वार्ड संक्रमितका लागि व्यवस्थापन गरेकोमा कोरोना संक्रमित बढ्दै जाँदा नयाँ भवन सञ्चालनमा नआएकाले बिरामीको चाप थेग्न नसक्ने अवस्था छैन् । नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा आए ७०० कोरोना संक्रमितको उपचार गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।
सरकाले अक्सिजनको व्यवस्थापन नगरेको कारण कोरोना संक्रमितको उपचार सुरु हुन नसक्नुले सरकार र स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारी प्रष्ट भएको महामन्त्री तिमल्सिनाले बताए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...