मूल्यवृद्धिको बिरोध गर्नेहरु प्रहरी खोरमा – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

मूल्यवृद्धिको बिरोध गर्नेहरु प्रहरी खोरमा

काठमाडौं । सरकारको पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको विरोधमा उत्रिएकाहरु बिद्यार्थीहरुलाई प्रहरी हिरासतमा लिएर विरोध गर्नेहरुकै यस्तै हालत हुन्छ भनेर त्रास फैल्याउन खोजको छ । पेट्रोलियम पदार्थमा मुल्य बृद्धी गरेर जनताको ढाड सेकेको भन्दै नेविसंघ कंचनपुर जिल्लाले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरि हिरासतमा समेत लिएको थियो । प्रहरीले नेविसंघका सहमहामन्त्री अच्युत राज कलौनी, केन्द्रीय सदस्य प्रकाश थापा, नेविसंघ कञ्चनपुरका अध्यक्ष टेक पाण्डे, गोरख राउले, केशवराज जोशी, तेज साउद, किशोर प्रसाद जोशी, विवेक पन्त, गणेश उपाध्याय, मदनराज मिश्रा, एस पि कोइराला, जया साउद, यज्ञराज जोशी, करबहादुर महता, प्रेम महता, मदनराज पन्त , प्रकाश धामी, दिनेश जोशी, लक्षमण धामी, राम महरा, हिमान्सु भट्ट , हितेस साउद , लोकेन्द्र भण्डारी, सरोज रोकाए, भुवन अवस्थीलाई हिरासतमा राखि छोडेको छैन शनिबार पनि छोडेको थिएन । विद्यार्थीहरुलाई हिरासतमा लिएको घटनाको नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले विज्ञप्ती निकाली विरोध गर्दै सरकारको अनुदार चरित्र उदाङगो भएको जनाएका छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले देशभर विरोध प्रदर्शन गरेको थियो । शुक्रबार महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा आयल निगममा घेराउ भएको थियो भने विभिन्न क्याम्पस अगाडी पनि प्रदर्शन भएको थियो ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७५ जेष्ठ ७, ०८: १३

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७५ जेष्ठ ७, ०८: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७५ जेष्ठ ७, ०८: १३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...