
नयाँ बिकल्प,
काठमाडौं । नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या आठ हजार ९८ जना पुगेको छ। विगत २४ घण्टामा एक सय आठ जनाको मृत्यु भएसँगै मृतकको संख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।
मन्त्रालयका अनुसार यो अवधिमा पाँच हजार हजार एक सय ५३ जना संक्रमित थपिएका छन् । १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार आठ सय ७० र पाँच हजार छ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा १२ सय २६ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा आठ सय ३६, ललितपुरमा दुई सय ६९ र भक्तपुरमा एक सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा छन् भने छ हजार एक सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये १३ सय २१ जनाको आइसियु र तीन सय ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...